हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएसँगै होली पर्व सुरु (फोटोफिचर)
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहित तीन तले चीर ठड्याइएको छ ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिणतर्फ सोमबार तीनतले चीर ठड्याएपछि देशभर होली पर्व शुरु भएको संकेत दिईन्छ ।
आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली शुरु भएको सन्देश दिएको छ ।
फोटहरु : नेपाल न्युज बैक