आइसीसी कोषाध्यक्ष शाहद्वारा एनआरएनए अमेरिकाको सदस्यता छिटो खुलाउन माग

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष सुनिल शाहले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको सदस्यता छिटो भन्दा छिटो खुलाउन माग गरेका छन्।
पछिल्लो दुई वर्ष भन्दा बढी समय देखि एनआरएन अमेरिकाको नयाँ सदस्यता वितरण तथा नविकरणको काम रोकिएको छ।
शाह एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष पनि हुन। बुधवार साँझ जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘विगतमा विश्वमै सबैभन्दा बढी एनआरएनएको सदस्यता भएको देश अमेरिकामा छिटो भन्दा छिटो सदस्यता खुलाउनका लागि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’
आइसीसीका कोषाध्यक्ष शाहले विश्वमा विभिन्न देशहरुमा धमाधम सदस्यता अगाडि बढेको अमेरिकाले के कारणले सदस्यता नखुलेको हो भन्ने प्रष्ट नभएको भनेका छन्।
‘एनआरएनए आईसिसी र एनआरएनए एनसिसी अमेरिकाका बीचमा पनि सदस्यताका सम्बन्धमा पनि विगतमा केही विषयमा छलफल गर्नुपर्ने रहेको थियो र ती विषयमा छलफल पनि भैसकेको छ , सहमती समेत बनिसकेको छ । तर पनि के कति कारणले सदस्यता खुलाईएको छैन यसको यकिन छैन ।’ विज्ञप्तिमा शाहले भनेका छन्।
एनआरएनएका महासचिव द्वय डाक्टर केशव पौडेल र गौरी जोशी सँगको फोटो सार्वजनिक भएको भोलीपल्ट शाहको विज्ञप्ति आएको हो।
शाहको विज्ञप्तिको पूर्णपाठ
सम्पूर्ण अमेरिकाबासी एनआरएनहरुमा नमस्कार ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सदस्यताका सम्बन्धमा साथी भाईहरुले प्रत्यक्ष भेटमा होस् या अन्य माध्यमवाट कुराकानीका क्रममा जिज्ञासा राख्ने गर्नुभएको छ ।
त्यो जिज्ञासालाई मैले मेरो तर्फवाट सकारात्मक र संस्थाप्रतिको मायाको रुपमा लिएको छु । र यस सन्दर्भमा संघको निवर्तमान अध्यक्षको नाताले मेरो के धारणा रहेको छ भने संघको सदस्यता तत्काल खुल्ला गर्नुपर्दछ ।
विश्वका विभिन्न देशहरुमा रहेको एनआरएनए एनसिसीहरुले सदस्यता खुलाई प्रक्रिया धमाधम अघि बढाईरहेका छन् । तर विश्वमै सबैभन्दा बढी एनआरएनहरु भएको देश अमेरिकामा अहिलेसम्म सदस्यता नखोल्नु पक्कैपनि राम्रो कुरा होईन भन्ने मेरो धारणा रहेको छ । सदस्यताका सन्दर्भमा एनआरएनए आईसिसीले स्पष्ट मार्गनिर्देशन दिईसकेको छ भने त्यही अनुरुप विभिन्न देशहरुमा सदस्यता खोल्ने र सदस्यहरु बन्ने क्रम अघि बढेको छ ।
एनआरएनए आईसिसी र एनआरएनए एनसिसी अमेरिकाका बीचमा पनि सदस्यताका सम्बन्धमा पनि विगतमा केही विषयमा छलफल गर्नुपर्ने रहेको थियो र ती विषयमा छलफल पनि भैसकेको छ , सहमती समेत बनिसकेको छ । तर पनि के कति कारणले सदस्यता खुलाईएको छैन यसको यकिन छैन ।
विगतमा विश्वमै सबैभन्दा बढी एनआरएनएको सदस्यता भएको देश अमेरिकामा छिटो भन्दा छिटो सदस्यता खुलाउनका लागि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
यस सम्बन्धमा संघको पूर्व अध्यक्ष समेत रहनुभएका एनआरएनए आईसिसीका महासचिव डा. केशव पौडेल, यस अमेरिकाज क्षेत्रवाट क्षेत्रीय संयोजक भैसक्नुभएका एनआरएनए आईसिसीका महासचिव गौरीराज जोशी र मेरो विचमा भएको भेटघाटमा पनि मैले यो विषय उठाएको पनि सबैमा जानकारी गराउन चाहन्छु ।
आशा छ अब छिट्टैं एनआरएनए अमेरिकाको सदस्यता खुल्नेछ ।
सबैमा धन्यवाद ।
सुनील साह
निवर्तमान अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका ।