पूर्वराजा ज्ञानेन्द्रलाई एमाले अध्यक्ष ओलीको प्रश्न : के विषयमा सहकार्य गर्ने ?
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह सँग के विषयमा सहकार्य गर्ने भन्दै प्रश्न गरेका छन्।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले शनिवार राजसंस्था र दलहरुबीचमा सहकार्यको प्रस्ताव गरेका थिए। पूर्वराजाले देश अधोगतिमा लागेको र अब आफु मौन नबस्ने समेत बताएका थिए।
विराटनगर विमानस्थलमा आइतवार पत्रकारहरुसँग प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ? भनेर प्रति प्रश्न गरेका थिए।
ओलीले पूर्वराजालाई ‘ज्ञानेन्द्रजी’ भनेर सम्बोधन गरेका थिए। दुई सय ४० वर्ष राजसंस्थाले के गर्यो भनेर समेत ओलीले प्रश्न गरेका थिए।
आफ्नो वरिपरि दुई चारजना मान्छे देखेपछि पूर्वराजा ज्ञानेन्द्र हौसिएको ओलीले टिप्पणी गरे।
‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ ।’ ओलीले भने, ‘त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’
दुर्गा प्रसाईंलाई किन कारबाही गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘पानीले आफ्नो लेवल आफैं मिलाउँदै जान्छ ।’
अब मौन नबस्ने पूर्वराजा ज्ञानेन्द्रको उद्घोष, देश जोगाउन राजसंस्था र दलहरु बीच सहकार्यको प्रस्ताव
















