अब मौन नबस्ने पूर्वराजा ज्ञानेन्द्रको उद्घोष, देश जोगाउन राजसंस्था र दलहरु बीच सहकार्यको प्रस्ताव
काठमाडौं / पूर्व राजा ज्ञानेन्द्र शाहले अब आफु मौन नबस्ने चेतावनी बताएका छन्।
प्रजान्त्र दिवसको उपलक्षमा शुभ कामना दिने क्रममा पूर्वराजाले देश अधोगतिमा गएको भन्दै चिन्ता जाहेर गरेका छन्।
उनले देश जोगाउन भन्दै राजनीतिक दल र राजसंस्था बीच सहकार्यको आह्वान गरेका छन्।
‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।´ सन्देशमा पूर्वराजाले भनेका छन्।
पूर्वराजाको शुभ कामना सन्देश पूर्ण पाठ