जीपी कोइराला फाउण्डेशन अमेरिकाले तेस्रो स्थापना दिवस मार्च आठमा मनाउने

Getting your Trinity Audio player ready...
|
न्यूयोर्क,अमेरिका / गिरिजा प्रसाद (जीपी) कोइराला फाउण्डेशन अमेरिकाले आफ्नो सस्थापना दिवस मार्च आठ तारिक विषेश कार्यक्रम गरि बनाउने भएको छ।
फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार अन्तर्राष्ट्रिय महिला दिवस र फाउण्डेशनको तेस्रो वार्षिकोत्सव एकै दिन मनाउन लागिएको हो।
‘गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले अन्तर्राष्ट्रिय महिला दिवस, व्याक हिस्ट्री मन्थ र फाउन्डेसनको तेस्रो वार्षिकोत्सव वार्षिक गाला डिनर एकै साथ हुने छ।’ समाज टाइम्स सँग अध्यक्ष घिमिरेले भने।
न्यूयोर्कको क्वीन्स स्थित गुलशन टेरेसमा मार्च आठ तारिक साँझ पाँच देखि नौ बजे सम्म मिनी युएन म्युजिक एण्ड कल्चरल फेस्टिभल पनि हुने छ।
अध्यक्ष घिमिरेका अनुसार कार्यक्रममा न्यूयोरक शहका मेयर एरिक एडम्स, संयुक्त राप्ट्र संघका प्रतिनिधहरु पनि कार्यक्रममा सहभागि हुने छ।
कार्यक्रम प्रवेस निशुल्क रहने जनाइएको छ।
जीपी फाउनण्डेशन अमेरिकामा सक्रिय नेपाली संस्थाहरुमा पर्दछ।