कांग्रेस संसदीय दलको बैठक स्थगित
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको छ।
कांग्रेसले बुधवार विज्ञप्ति जारीगर्दै भोली बिहीबारका लागि तय गरेको संसदीय दलको बैठक स्थगित गरेको हो।
संसदीय दल कार्यसमितिको माघ २२ गते धुम्बाराहीमा बसेको बैठकले बिहीबारका लागि दलको बैठक बोलाउने निर्णय गरेको थियो।
यसअघि कांग्रेसले माघ १५ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो।
















