व्यवासायीको विरोध
काठमाण्डौं । उद्धोगी व्यवसायी आर्थिक संकटमा पर्दै गए पनि बैंक र वित्तीय क्षेत्र झन नाफा कमाएको प्रति असन्तुष्टी व्याक्त गर्दै उद्धोगी व्यवसायीहरुले विरोध जनाएका छन् ।
सोमबार माइतिघर मण्डलामा आयोजित कार्यक्रममा व्यवसायीहरुले विरोध जनाएका हुन् ।
उद्धोगी व्यवसायीहरुको हक र हितका निमित्त राज्यलाई सचेत गराउने उद्धेश्यले शान्तिपूर्ण कार्यक्रमको आयोजना गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।