मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बोलाइयो

काठमाडौँ । उच्चस्तरीय संयन्त्रको बैठक ५ बजे बस्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रमा सत्ता साझेदार दलका अध्यक्षहरू सदस्य रहेका छन् ।
‘उच्चस्तरीय संयन्त्रको बैठक ५ बजे बस्दैछ । त्यहाँ छलफल गरेरमन्त्रिपरिषद्लाईसकभर आजै पूर्णता दिने तयारी छ’, एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
संयन्त्रको बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५ घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।