कांग्रेस महामन्त्री गगन थापा फेब्रअरीमा अमेरिका आउँदै

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका / नेपाली कांग्रेसका महामन्त्री गगन थापा फेब्रुअरी अन्तिम साता अमेरिका आउने भएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आयोजनामा हुन् लागेको ‘तेस्रो युवा सम्मेलन’ मा प्रमुख अतिथिको रुपमा सहभागि हुन थापा अमेरिका आउन लागेका हुन्।
एनआरएनए अमेरिकाको युवा विभागद्वारा शुक्रवार साँझ भर्चुअल मार्फत आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा एनआरएनए अमेरिकाका युथ संयोजक त्रिभुवन पाण्डेले प्रमुख अथितिमा संसद गगन थापाको सहभागिता पक्का भएको बताए।
‘उहाँ माननियको रुपमा हाम्रो सम्मेलनमा प्रमुख अतिथि हुने पक्का भएको छ अन्य अतिथिको बारेमा कुराकानी हुदै छ।’
पाण्डेका अनुसार तेस्रो युवा सम्मेलन फेब्रुअरी २५ तारिक क्यालिफोर्नियाको बर्कलेमा रहेको ‘क्यालिफोर्निया विश्वविद्यालय’ मा हुने छ।
‘युथ इम्प्याक्ट समिट: युथलाई सशक्तिकरण गर्न’ भन्ने नारा सहित हुने सम्मेलनमा युवाहरूले कार्य गर्न, उनीहरूको समुदाय र बाहिरका क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने तरिकाहरूमा ध्यान केन्द्रित गर्ने लक्ष्य राखिएको छ।
‘सम्मेलन नेपालका विभिन्न विषयका विज्ञहरू, प्रवासी नेपाली, व्यावसायिक समुदाय, अमेरिकामा रहेका नेपाली विद्यार्थी तथा पेशाकर्मीलाई एकताबद्ध गर्न सहयोग गर्न आयोजना हुन लागेको हो।’ पत्रकार सम्मेलनमा पाण्डले भने।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अमेरिकाका सचिव अनुप खनालले सम्मेलनमा सहभागीहरूलाई सफल पेशाकर्मीबाट सिक्नका लागि प्लेटफर्म प्रदान गर्ने विश्वास व्यक्त गरे।
‘अमेरिकामा रहेका युवा नेता, नेपाली विद्यार्थी र पेशाकर्मी बीच बीच विचार र ज्ञान आदानप्रदानको लागी राम्रो फोरम प्रदान गर्ने छ।’ खनालले भने। उनले अमेरिकामा रहेका विद्यार्थी र अनुभवि पेशाकर्मी बीच नेटवर्क गर्न सहयोग गर्ने पनि विश्वास व्यत गरे।
पत्रकार सम्मेलन एनआरएनए अमेरिका अध्यक्ष बुद्दि सुवेदी,बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, उपाध्यक्ष सुमन थापा, कोषाध्यक्ष राजीव श्रेष्ठले पनि युवा सम्मेलनको विविध पक्षका बारेमा जानकारी दिएका थिए।
यस्तै एनआरएनए अमेरिका वेस्ट रिजनका रिजनल कोअडिनेटर श्री राम थापा , क्यालिर्फोरनिया च्याप्टर अध्यक्ष एक देव शर्मा युवा टास्क फोर्स संयोजक संदेश उप्रेती , स्टुडेन्ड टास्क फोर्स संयोजक मिलन जंङ कटुवालले सम्मेलन तयारीका बारेमा जानकारी गराएका थिए।
बर्कलेमा रहेको ‘क्यालिफोर्निया विश्वविद्यालय’ नेपाली विद्यार्थी एशोशिएशनका अध्यक्ष तेन्जिङ्ग शेर्पाले आफुहरु सबैको स्वागतका लागि आतुर रहेको बताएका थिए।
सम्मेलनमा विभिन्न सेशनका लागि निरञ्जन अधिकारी, मिलन जङ्ग कटुवाल,क्रिदिस उप्रेति र अधिराज रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ।
एनआरएनए अमेरिका युवा विभागले सन् २०२० देखि युवा सम्मेलन शुरु गरेको हो। पहिलो सम्मेलन एनएसए युटीए अर्लिङ्गटन सँगको सहकार्यमा टक्सासको डलासमा सम्पन्न भएको थियो।