माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलको नेतामा साह निर्वाचित
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को मधेस प्रदेश संसदीय दलको नेतामा भरत साह निर्वाचित भएका छन्। अर्का प्रतिस्पर्धी समीर भट्टराईलाई पराजित गर्दै उनी संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
सहमति नजुटेपछि संसदीय दलको कार्यालयमा दलको नेता चयन गर्न शुक्रबार बिहान निर्वाचन भएको थियो।
माओवादीका ९ जना प्रदेश सभा सदस्यमध्ये ७ जनाले निर्वाचनमा भाग लिएका थिए। तीमध्ये साहले ४ र भट्टराईले ३ मत पाएको सांसद रहबर अन्सारीले जानकारी दिए। उनका अनुसार अन्य पदाधिकारी पछि चुनिनेछ्न्।










