घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुसाललाई पार्टीमा स्वागत गरेका हुन्। उनी एमाले छोडेको तीन महीनापछि एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे। ओलीवाद विरुद्ध विद्रोह गरेकाले आफूले एकीकृत समाजवादी रोजेको बताए।
अब एकीकृत समाजवादी लोकतान्त्रिक पार्टी बन्ने उनको भनाइ थियो। एमाले अध्यक्ष ओलीका कारण मुलुकले दुःख पाएको उनको आरोप थियो।
गत मंसीर ४ गते भएको प्रतिनिधि सभामा निर्वाचनमा टिकट नपाएपछि उनले एमाले छोडेको घोषणा गरेका थिए। त्यसपछि उनी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका थिए।














