माघ ३ गते लुम्बिनीको सभामुख र उपसभामुखको निर्वाचन
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ।
माघ ३ गते दिउँसो एक बजे प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
नेपालको संविधान धारा १८२ को उपधारा ९१० र लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो।
जसका लागि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साथै, सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने सूचनामा उल्लेख छ।

















