पब्जी च्याम्पियनसिपमा नेपाल दोस्रो, टीमले पायो २ लाख ९२ हजार अमेरिकी डलर

काठमाडौं । नेपालबाट पब्जी मोवाइल विश्व च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टीम पराजित भएको छ । फाइनलमा पराजित भएर दोस्रो भए पनि नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर- करिब ३ करोड नेपाली रुपैंया भने जितेको छ ।
इन्डोनेसियामा भएको फाइनलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।
फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।
फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।