युक्रेनलाई अमेरिकाले हरदम सहयोग गरिहरनेछः अमेरिकी राष्ट्रपति बाइडेन
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सकिलाई अमेरिकाले युक्रेनलाई हरदम सहयोग गरिरहने प्रतिवद्दता जनाएका छन् । रुससंगको युद्द चलिरहँदा अमेरिकाले कहिल्यै पनि युक्रेनको साथ नछाड्ने बाइडेनले बताएका हुन् ।
“युक्रेन कहिल्यै एक्लो हुने छैन,” जेलेन्सकिलाई ह्वाइट हाउसमा भेट गर्दै बाइडेनले भने ।
साथै भेटको समयमा बाइडेनले युक्रेनलाई करिब २ अर्ब अमेरिकी डलर सहयोग दिने घोषणा समेत गरेका छन् । यसका अलवा उनले थप ४५ अर्ब अमेरिकी डलर सहयोग दिने प्रतिवद्दता पनि जनाएका छन् ।
भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्किले अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग पाएकाले निस्फ्रिक्री रहेको बताए ।
साथै अमेरिकी राष्ट्रपति बाइडेनले रुसले आफ्नो घृणित युद्द रोक्ने कुनै पनि मनसाय नराखेको दाबी गरे ।
अमेरिकाले अहिलेसम्म युक्रेनलाई करिब ५० अर्ब अमेरिकी डलर बराबरको मानवीय, आर्थिक र सुरक्षा सहायता दिइसकेको छ ।















