भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन
काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीबार भएको भेटका विषयमा एमाले नेता भीम रावलले प्रश्न उठाएछि बालेनले पनि लगत्तै जवाफ फर्काएका छन् ।
रावलले भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भए जवाफ दिन चुनौती दिएका थिए ।
रावलले सामाजिक सञ्जालमार्फत गरेको प्रश्नलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूहरूले भेटका लागि अनुमति दिएको बताएका छन् ।
उनले आफूहरुलाई विदेशीसँग सहयोग माग्न रहर नभएको बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर पठाएको पनि बताएका छन् ।
भेटका क्रममा एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नती गर्नु पर्छ भन्ने धारणा राजदूतसँगको भेटमा राखेको पनि शाहले बताएका छन् । स्वतन्त्रबाट मेयरमा विजयी भएका शाहले राजनीतिक दलका नेताहरुको कार्यशैलीको आलोचना गर्दै आएका छन् ।
डा.भीम रावलको प्रश्न
मेयर बालेन शाहको जवाफ
काठमाडौं महानगरले सार्वजनिक गर्यो बालेनलाई अमेरिकी राजदूतसँग भेट्न परराष्ट्रले दिएको अनुमति पत्र