बाजुरामा मदतानस्थलमा गोली चल्यो, एक जनाको मृत्यु, तीन घाइते
बाजुरा । बाजुरामा मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्।
बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो ।
उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।
पत्रकार पारस विक्रम शाहका अनुसार घटना मतदान सकिए पछि भएको हो ।
फोटो सहित स्टाटसमा शाहले भनेका छन्, ‘अत्यन्तै दुखद घटना घटेको छ, निर्वाचन सहजरुपमै सम्पन्न भैसके पछि विनाकारण प्रहरीले जथाभावि गोली चलायो मेरो प्रिय मान्छे संजिव अयडीको छातीमा प्रहरी गोली चलाएर हत्या गर्यो, केही घाईते भए, जसको प्लानमा यो सब भयो तिमीहरुको सत्यनास हुनेछ ।’
फोटो : पारस विक्रम शाहको फेसबुकबाट