एनआरएनए सिइयो : ‘करार पत्र र तलव’ दुबै छैन्
पेन्सिलभेनिया, अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनएका कार्यकारी निर्देशक (सिइयो) रवि किरण अधिकारीले अहिले सम्म करार पत्र विना काम गर्दै आएको खुलेको छ।
अधिकारीलाई गत अगष्ट चार तारिक एनआरएनएका अध्यक्ष कुल आचार्य र महासचिव महासचिव गौरीराज जोशीले नियुक्ति दिएका थिए।
तर सिइयो अधिकारीको अहिले सम्म तलव पनि रोकिएको जनाइएको छ।
कार्यविधि विपरित नियुक्त दिएको भन्दै पदाधिकारीले आपत्ति जनाए पछि सो विषय विवादमा परेको थियो। त्यसपछि उनको करार पत्र सम्झौताले पूर्णता पाउन नसकेको जनाइएको छ। करार पत्र नभएकाले तलव पनि रोकिएको एक पदाधिकारीले समाज टाइम्सलाई बताए ।
‘नियमावली विपरित नियुक्त भयो भनेर पदाधिकारीले विरोध गरे पछि, बैठकमा महासचिव गौरी जोशिले माफि समेत मागेका हुन्, त्यस पछि नयाँ करार पत्र बनाउने भन्ने सहमति भएको थियो, तर अहिले सम्म करार पत्र बनेको छैन ।’ ती पदाधिकारीले समाज टाइम्स सँग भने,’करार पत्र नभइ तलब कसरी दिने भनेर कोषाध्यक्षकरुले अडान राखेका छन्।’
अधिकारीको नियुक्ती विधान र संघको कर्मचारी नियमावली विपरित भए पछि १४ अगष्टमा बसेको पदाधिकारी बैठकले सो निर्णयलाई उल्टाएको थियो । कार्यकारी निर्देशक अधिकारी समेत उपस्थित बैठकमा महासचिव गौरीराज जोशीले आफ्नो तर्फबाट गल्ती भएको भन्दै माफि मागे पछि कार्यकारी निर्देशक अधिकारीलाई पुनः करार नियूक्ति दिने निर्णय भएको थियो ।
तर अधिकारीले अहिले सम्म करार विना काम गर्दै आएका छन्। उनको काम माथि पनि कतिपय पदाधिकारीले ‘बैधानिकता’ को प्रश्न उठाएका छन्।
पछिल्लो समय सिइओ अधिकारी र कार्यकारी अध्यक्ष रविना थापा बीचमा पनि खटपट शुरु भएको जनाइएको छ। थापाले एनआरएनएको मर्यादा र कर्मचारी नियमावली बमोजिम काम गर्न भन्दै चेतावनी पत्र थमाएकी थिइन।
त्यसो त अध्यक्ष थापाले महासचिव गौरी जोशीसँग पनि नोभेम्बर सात तारिकमा २४ घण्टे स्पष्टिकरण सोधेकी थिइन। अन्तिम समयमा बैठक रोकेकोमा असन्तुष्ट जनाएउदै थापाले जोशी सँग स्पष्टिकरण सोध्दै नयाँ बैठक बोलाउन भनेकी थिइन। तर महासचिव जोशीले अहिले सम्म अर्को बैठक बोलाएका छैनन्।
तलव भत्तामै विवाद
कर्मचारी नियमावली अनुरुप अधिकारीले पाउनु पर्ने तलव तथा अन्य सुविधामा तलव १ लाख ५२ हजार ९५०, संचयकोष १५,२९५ रुपैया, उपदान १२७४०, महंगी भत्ता ५ हजार, इन्धन भत्ता ५ हजार र खाजा भत्ता ३७५० रहेको छ ।
तर पछिल्लो करारमा उनले तलव स्वरुप १,४८,३६५, संचयकोष १४,८३६, उपदान १२,३५८, महंगी भत्ता ३१,७१६, इन्धन भत्ता ३०,००० र खाजा भत्ता १० हजार सुविधा सहितको करार सम्झौता हात परेका थिए तर पछि संघको बैठकले कर्मचारी नियमावली अनुरुप करार सम्झौता गर्ने निर्णय गर्दै उनको पहिलो सम्झौता खारेज गरेको थियो ।