तिहारमा सयपत्री फूल्नै भ्याएन, माला पनि आयात गर्नुपर्ने
काठमाडौं । गत वर्ष फूलमाला खपत हुन भ्याए । तर यो वर्षको मागअनुसार अपुग हुने भएकाले करिब ३ लाख थान माला भारतबाट आयात गरिदैछ ।
यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थान माला खपत हुने अनुमान छ,’ एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले भने ‘कोभिडमा घटेको फूलको मागमा वृद्धि भएको छ । नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर छ ।’
‘व्यापारीहरुले भारतबाट पनि माला आयात गर्छन्,’ उनले भने,’गत वर्ष त भारतबाट आयात भएको माला खपत नभएर फाल्नु समेत परेको थियो ।
यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत फूलको मूल्य बढेको पनि एसोसिएसनले जनाएको छ । भारतीय फूलको आयात रोक्न गरेको आग्रह समेत सरकारले नसुनेको एसोसिएसनको भनाइ छ ।
आव ०७८/०७९ मा नेपालले ३६ करोड ५ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात गरेको थियो । नेपालमा पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५००भन्दा बढी जनशक्तिहरु रोजगार र आश्रित भएको छ ।