दार्चुलामा कखरा सिकेका पुकार हमालको अमेरिकी आइटी क्षेत्रमा छलाङ्ग
बालमुकुन्द नेपाल
क्यालगरी, क्यानडा। नेपालको दुर्गम जिल्ला दार्चुलामा प्रारम्भिक शिक्षा लिएका पुकार हमालले अमेरिकी आइटी क्षेत्रमा लोभलाग्दो छलाङ्ग मारेका छन्।
क्यालिफोर्नियाको ‘सान फ्रान्सिस्कोमा एकमात्र यती’ भन्दै नेपाली मुलका पुकार हमालको स्टार्टअप सेक्युरिटीपाले पहिलो चरणको फन्डकलेक्सनमा २१ मिलियन अमेरिकी डलरको लगानी संकलन गरेको छ ।
सेक्युरिटीपाल,आइटी सम्वन्धी काम गर्ने कम्पनी हो। यो कम्पनीले व्यापारिक घरानाहरुको डाटा सुरक्षा तथा व्यवस्थापनका लागि काम गर्छ।
सेक्युरिटीपालमा एन्जेल इन्भेस्टर फ्रेडरिक केरेस्ट, ओकटा कम्पनीका चिफ अपरेटिड अफिसर लगायतले लगानी गरेका छन् । सेप्टेम्बर २० तारिकमा पहिलो चरणको फन्ड संकलन भएको हो। जसलाई यहाँ लगानी क्षेत्रमा सिरीए फन्ड कलेक्सन पनि भनिन्छ। क्राफ्ट भेन्चर्सको नेतृत्वमा सिरिए फन्डीड संचालन भएको थियो ।
२०१८ मा सान फ्रान्सिस्कोमा स्थापित सेक्युरिटीपालले सुरक्षा सम्वन्धि प्रश्नावलीमा अन्य कम्पनीलाई सहयोग गर्दछ । पछिल्लो समय विभिन्न ब्यवसायलाई सहयोग गर्दै आएको इजरायलको मन्डेडटकमका सिनियर सोलुसन इन्जिनियरिड म्यानेजर इडुआर्डो भन्छन् सेक्युरिटीपालका कारण मेरो रिर्सोस अन्त नै प्रयोग गर्न पाएको छु । सेक्युरिटीपाल मन्डेडटकमकै साख जस्तो भएको छ ।
प्राविधिक कम्पनीको सुरक्षाका निम्ती सुरक्षा प्रश्नावलि निकै महत्वपुर्ण रहेको छ । र, यसकानिम्ती बाहिरी कम्पनीलाई प्रयोग गर्ने प्रचलन बढ्दो । यसै क्रममा ३१ बर्षिय हमालको सेक्युरिटीपालले लगानीकर्तालाई आकर्षित गर्न पुगेको हो ।
प्राथमिक शिक्षा नेपालको दार्चुला र दाडमा गरेका हमाल सात बर्षको उमेरमा अमेरिका पुगेका थिए । ‘छोराले यहाँ (अमेरिकामा) तिन कक्षा देखी पढ्न सुरु गरेको हो ।’ छोराको सफलतामा हौसिएका पिता हरिश्चन्द्र हमालले समाज टाइम्स सँग भन्छन्, ‘यहाँ अन्तर्राष्ट्रिय सम्वन्ध र अर्थशास्त्रमा पोस्ट ग्रयाजुएट गर्यो, अहिले यो सफलता हात पारेको छ, म खुसी छु।’
यहाँ स्मरणीय कुरा यो छ की पुकार हमालका हजुरबुबा पञ्चायतीब्यवस्थाको विरुद्धको आन्दोलनमा जेलभित्रनै सहादत रामचन्द्र हमालका नाति हुन् । पंचायतविरुद्धको आन्दोलमा जेलपरेका नेपाली काँग्रेस आवद्ध रामचन्द्रको बन्दि अवस्थामा नै निधन भएको थियो।