नेपालमा शुरु भयो एमडिएमएस प्रणाली,दर्ता नभएका मोबाइल नचल्ने
काठकाडौं। विशेषगरी विदेशमा घुम्न गएका वैदेशिक रोजगारीबाट फर्किदा ल्याउने फोनर गैर कानुनी प्रक्रियाबाट आउने चोरीका मोबाइललाई नियन्त्रण गर्न एमडिएमएस प्रणालीको व्यवस्था गरिएको नेपाल दूर सञ्चार प्राधिकरण जनाएको छ । यदि त्यसरी कसैले मोबाइल फोन ल्याएमा भन्सार बिन्दुमा कर तिरेपछि मात्रै चलाउन पाइन्छ ।
विदेशी बजारबाट एउटा, दुईटा किनेर ल्याएका फोनहरु मात्रै दर्ता गर्नुपर्नेछ ।
नेपालमा दर्ता नभएका मोबाइल भदौ ३१ गतेदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागु गर्ने निर्णय गरेसँगै दर्ता नभएका मोबाइल नेपालमा नचल्ने भएका हुन्।
मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले यो प्रणाली लागू गरेको हो ।
२०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ ।
साथै मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितिरण गर्न अनुरोध गरेको छ । यससँगै दर्ता नभएका मोबाइल भने चल्ने छैनन् ।
तर, आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोनहरु भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ ।
दर्ता भएको छ कि छैन कसरी परीक्षण गर्ने?
मोबाइल हरिद गर्नु अघि https://mdms.nta.gov.np/वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरेर सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘ *#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनु पर्छ।