क्यानले सन्दीपलाई सहयोग गर्ने
काठमाण्डौं । एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन् । सन्दीपले क्यानलाई भने- ‘प्रतियोगिता सक्काएर फर्कन्छु ।
लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन् ।कार्यवाहक सचिव मल्लले सन्दीपसँग सम्पर्क भएको बताउँदै सन्दीपले क्यानसमक्ष आफू निर्दोष रहेको बताएको जनाएका छन् ।
क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु पर्यो भनेका छन् । सन्दीपले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन्,’ मल्लले भने ।
सन्दीप राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका हुन् । उनले एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोग लागेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । टी-२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते एक किशोरीलाई जवरजस्ती करणी गरेको आरोप सन्दीप माथि लागेको छ ।