महिला साफ च्याम्पियसिप : नेपालले भुटानलाई ४-० ले हरायो
काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानलाई चार शुन्य गोल अन्तरले हराएको छ।
दशरथ रंगशालामा मंगलवार भएको खेलमा नेपालको जितमा सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतले दुई दुई गोल गरे।
भारी वर्षाका बीच भएको खेलको १२ मिनेटमा सावित्राले नेपाललाई अग्रता दिएकी थिइन। नेपाली टिमकी ‘गोल मशिन’ सावित्रा झण्डै दुई वर्षको बिस्राम पछि टिममा फर्किएकी हुन्। सन् २०२० मा महिला लिगमा उनी घाइते हुन पुगेकी थिइन।
लामो समय सम्म उनको कतारमा उपचार भएको थियो। खुट्टाको सल्यक्रियाका कारण एक वर्ष भन्दा बढी समय सावित्राले मैदान बाहिर बिताउन परेको थियो।
गत फागुन देखि मैदानमा फर्किएकी सावित्राले भुटानी गोलरक्षक चिप्लिएको फाइदा उठाउदै सजिलै गोल गरिन्।
६७ औ मिनेटमा सावित्राले अन्तर दोव्बर पारिन। यस पटक उनी वान भर्सेस वानको स्थितिमा थिइन।
त्यसपछि गोल गर्ने पालो भयो अनिताको । उनले ७२ औं मिनेटमा व्यक्तगत पहिलो तथा टिमका लागि तेस्रो गोल गरेकी अनिताले ८४ औं मिनेटमा अर्को गोल थपिन।
सात राष्ट्रले भाग लिएको च्याम्पियनसिपमा नेपालको समुह ‘बी’ मा भुटान सहित श्रीलंका पनि रहेको छ। समुह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन्।
महिला साफमा भारत सदावहार च्याम्पियन हो।