बलात्कार आरोप लागेका पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति तोकियो
नवलपुर । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका नायक पल शाहलाई नवलपुर जिल्ला अदालतले अढाई वर्ष जेल सजाय तोकेको छ।
जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।
एक नाबालिग गायिकाले आफु माथि नायक शाहले बलात्कार गरेको भन्दै नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएकी हुन्।
तर पछि उनले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।