महानगरको तलवमा प्रचण्डको चुनावी कमाण्डर बन्दै रेणु दाहाल
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । परिवार केन्द्रित निर्णयका लागि बद्नाम भएकाे नेपाली राजनीति चुनावी कमाण्डर ताेक्ने बिषयमा पनि चुकेकाे छ । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्ने क्रममा यस्ताे निर्णय गरेको हाे । यदि याे निर्णय फेरिएन भने महानगरको तलवमा प्रचण्डको चुनावी कमाण्डर बनेकी हुने छिन् मेयर रेणु दाहाल ।
आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो ।दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा जिम्मेवारी तोकिएकाे छ ।
बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ को जिम्मा रेणु दाहालले पाएकी छिन् ।
भरतपुर महानगरकी मेयर बने पछि पनि रेणुले नेकपा माओवादी केन्द्र चितवनको इन्चार्जसिप अरुलाई दिएकी छैनन् । अब एक साथ रेणु तीन वटा जिम्वेवारीमा हुनेछिन् ।
कुन क्षेत्रका चुनावी कमाण्डर को ?
काठमाडौं
१– अनिल शर्मा
२– मा कुमार पौडेल
३– मा बद्री बजगाईं
४–गोविन्द बटाला
५– कल्पना शर्मा
६– हिमाल शर्मा
७– रामबाबु फुयाँल
८– सरिता श्रेष्ठ
९– शंकर दुलाल
१०– अञ्जना विसङ्खे
चितवन
१– कञ्चन खनाल
२–घनश्याम दाहाल
३–रेणु दाहाल
ललितपुर
१–गंगा पराजुली
२–उर्मिला लामा
३–हरि दाहाल, पद्मा राई
भक्तपुर
१– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
२–दिलीप प्रजापती
काभ्रे
सूर्यमान दोङ र रुकु चौलागाई,
सिन्धुपाल्चोक
युवराज दुलाल र माधव सापकोटा
दोलखा
देवी खड्का
रामेछाप
श्यामकुमार श्रेष्ठ
सिन्धुली
दीर्घराज श्रेष्ठ र वसन्त माझी
मकवानपुर
१– विजय गौतम
२–कुमारी मोक्तान
नुवाकोट
१–हितबहादुर तामाङ
२–विमला सुवेदी
धादिङ
शालिकराम जम्कट्टेल
















