यू-२० साफ च्याम्पियनसीप : नेपालले माल्दिभ्सलाई ४–० ले हरायो
काठमाडौं । यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४–० गोलले हराएको छ।
भारतको भूवनेश्वरमा सोमवार भएको खेलमा नेपालका दीपेश गुरुङ, सुगम दुवाल, क्रितिसरत्न चुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे। दीपेशले ४१ औँ मिनेटमा डी बक्सबाहिरबाट शानदार गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
सुवालले ५८ औँ मिनेटमा अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा क्रितिसले पेनाल्टीमा गोल गर्दै अग्रता बढाएका हुन्। अन्तिम गोल इन्जुरी समयमा भएको थियो ।
प्रतियोगिताअन्तर्गत नेपालले बुधबार श्रीलंका, जुलाई २८ तारिखमा भारत र अगस्ट २ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।
पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।