नागरिकता विधेयकले “एकपटकको नेपाली सधैको नेपाली भन्ने मुल एजेण्डा ओझेलमा” : सीपी पौडेल, अध्यक्ष, एनआरएनए अमेरिका
|
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सीपी पौडेलले नागरिकता विधेयकले एकपटकको नेपाली सधैको नेपाली भन्ने मुल एजेण्डालाई ओझेलमा परेको भन्दै आफुहरुको ध्यानाकर्षण भएको बताएका छन्।
एनआरएनए आइसीसीका केन्द्रिय अध्यक्ष तथा महासचिवहरुले विधेयकको स्वागत गरिरहेको बेला अमेरिकामा बिद्रोही पक्षको नेतृत्व गरिरहेका पौडेले फरक मत सार्वजनीक गरेका हुन्।
शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै पौडेलले भनेका छन्,” नागरिकता प्राप्ति संगै हाम्रो स्थापनाको महत्वपूर्ण एजेण्डाको रूपमा रहेको प्रमुख नारा एकपटकको नेपाली सधैको नेपाली भन्ने मुल एजेण्डालाई ओझेलमा पार्दै जबर्जस्ती गैर आवासीय नेपाली बनाउने विधेयक प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, वंशजको आधारमा नागरिकताको निरन्तरता हाम्रो आवाज रहेको अवगत गराउन चाहान्छौ त्यसैले नागरिकताको नियमावलि निर्माण प्रक्रियामा प्रवासी नेपालीहरूको प्रतिनिधि समावेश गरी यस्लाई स्थायित्व रहने किसिमले देखिएका त्रुटि समयमा सुधार गर्न नेपाल सरकार संग माग गर्दछौ ।”









