जीपी कोइराला फाउण्डेशनका अध्यक्ष घिमिरेद्वारा पिताको स्मृतिमा आश्रममा एक सय जनालाई १२ पटक सामुहिक भोजन

बिराटनगर । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे र उनलेको परिवारले आफ्ना स्वर्गिय पिताको १३ दिनको तिथि पारेर मानवसेवा आश्रम बिराटनगरमा सामुहिक भोजन गराएका छन।
अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका बिराटनगर- ३ पुष्पान्जलि चोकका घिमिरेले पिता कुबेर चन्द्र घिमिरे(बिद्यापति) को १३ औं दिनको तिथिमा सोमवार मानवसेवा आश्रम बिराटनगर शाखाको पोखरीया सेवा केन्द्रमा रहेका ९६ जनालाई सामुहिक भोजन गराएका हुन्।

घिमिरेका अनुसार यस्तो भोजन महिनाको एक पटक एक बर्ष सम्म कायम रहने छ। स्वर्गिय पिताको आत्मा शान्ति तथा बैकुण्ठ बासको लागि ईश्वर सँग प्रार्थना गर्दै आश्रममा १२ वटा सामुहिक भोजनको व्यव्था गरिएको फाउण्डेशनका अध्यक्ष घिमिरेको भनाई छ।

पहिलो मासिक सामुहिक भोजन सेवामा घिमिरे परिवार वाट आमा डली घिमिरे, छोरा जीवन घिमिरे, बुहारि सिता घिमिरे, छोरा सोमनाथ घिमिरे, छोरीहरु बिना घिमिरे पन्त र सन्ध्या घिमिरे खत्री, ज्वाई गोपाल पन्त, भान्जी जानवि खत्री हरुले ९६ बृध्दा बुवाहरुलाई खानाको सेवा गरेका थिए।

सामुहिक भोजनमा सहजीकरण गरेका लायन्स क्लब अफ बिराटनगर-बरगाछिका अध्यक्ष शुभाष रिजाल, मुख्य संयोजक रमेश खत्री, संयोजक ज्ञानेन्द्र खत्रीलाई फाउण्डेशन अध्यक्षले आभार व्यक्त गरेका छन्।
सेवा र सहकार्यको लागी: ९८५५०७६०१५/९८४३३४७६३६/ ९८४३३४७६३१
हजुरहरुको जय होस।।
…………………………………..
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागिस र मानवीय सेवामा साथ, प्रेरणा र सहकार्यको लागि –
९८५५०७६००१ देखि ९८५५०७६०१५ सम्मका सम्पर्क नम्बरहरु
९८४३३४७६००१ देखि ९८४३३४७६४९ सम्मका सम्पर्क नम्बरहरु
……………………………..
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd
………………………………
हाम्रो चाहना – सबैको लागि खाना, नाना र छाना
हाम्रो प्रतिबद्दता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणएवं घोषणा
हाम्रो सपना – मानवीयताको राष्ट्र नेपाल (The country of humanity – Nepal)
………………………..
जय मानवसेवा – जय मानवता !
#मानवसेवा_आश्रम
#मानवता_प्रवर्द्दन_महाअभियान