एनआरएनलाई नेपाली सरह नागरिकता माग गर्दै संसोधन दर्ता
काठमाडौं । नेकपा एमाले सांसद डाक्टर सुर्य प्रसाद पाठकले गैर आवासीय नेपाली (एनआरएनए) लाई नेपालीसरहको नागरिकता दिनु पर्ने भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
सरकारले अहिले संसदमा दर्ता भएको नागरिकता विधेयकमा एनआरएनएलाई आर्थिक, सामाजिक र सास्कृतिक अधिकार सहितको नागरिकता दिने भनिएको छ। तर त्यो अधिकार कति भन्ने स्पष्ट तोकिएको छैन।
सांसद पाठकले एनआरएनए नागरिकताको अधिकार नेपाली नागरिक सरह नै हुनु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका हुन्। अधिकार कति पाउने भन्नेमा भविश्यमा अन्यौल नहोस भन्दाका लागि नेपाली नागरिक सरह किटानी माग गर्दै संसोधन प्रस्ताव दर्ता गरिएको जनाइएको छ।
संशोधन प्रस्तावमा गैरआवासीय नेपालीलाई गृह मन्त्रालयको सट्टा मन्त्रालयले तोकेको निकायबाट नागरिकता दिने व्यवस्था माग गरिएको छ ।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम पाठकले सोमबार संसदमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
पाठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेपछि मात्र लिन पाउने प्रावधान राख्न माग गरेका छन् ।