प्रवासी नेपाली एकता मञ्चले बनायो अन्तर्राष्ट्रिय कमिटि
पेन्सिलभेनिया, अमेरिका। प्रवासी नेपाली एकता मञ्च, प्रवास समन्वय कमिटि गठन भएको छ।
मञ्च नेकपा एकिकृत समाजवादी निकट संस्था हो। विभन्न देशमा रहेका राष्ट्रिय कमिटिका अगुवा तथा नेतृत्वकर्ताहरुको आइतवार भएको भर्चुअल बैठकबाट ४५ सदस्यीय कमिटि गठन भएको जनाइएको छ।
कमिटिको संयोजकमा एकिकृत समाजवादीका स्थायी कमिटिका सदस्य तथा प्रवास विशेष प्रदेश इन्चार्ज श्रीप्रसाद साह रहेका छन्।
पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पूर्व प्रधानमन्त्री तथा समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको उपस्थिति रहेको बैठकले गठन गरेको कमिटिको उप संयोजकमा अमेरिका निवासी भिम कार्की र जर्मनी निवासी शुवास पोखरेल रहेका छन्।
कमिटिको सचिवमा अष्ट्रेलिया निवासी ध्रुव सुवेदी छन्।
















