अमेरिकाले ६६ सय जना भन्दा बढी नयाँ नागरिकलाई स्वागत गर्दै मनाउदै छ यस पटकको स्वातन्त्रता दिवस
वासिङ्टन — यूएस सिजिजन एण्ड इमिग्रेशन सर्भिस (यूएससीआईएस) ले ६६ सय भन्दा बढी नयाँ नागरिकलाई स्वागत गर्दै यस वर्षको स्वतन्त्रता दिवस मनाउने भएको छ।
यूएससीआईएसले जुलाई एक देखि आठ तारिक सम्म एक सय ४० भन्दा बढी स्थानमा नेचुरलाइजेशन सहमारोह गर्ने र सो अवसरमा ६६ सय भन्दा बढीलाई नयाँ नागरिकता दिने जनाएको छ।
प्रकृया पुरा गरेका आप्रवासीलाई अमेरिकी नागरिकता दिने कार्यलाई नेचुरलाइजेशन भनिन्छ। यूएससीआईएसले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी समारोहमा आप्रवासीहरूलाई स्वागत गर्ने र अमेरिकी लाभहरूलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धता देखाउँछन्।”
यूएससीआईएसले आर्थिक वर्ष २०२१ मा, आठ लाख ५५ हजार जना नयाँ अमेरिकी नागरिकलाई स्वागत गरेको जनाएको छ। आर्थिक वर्ष २०२२ मा, यूएससीआईएसले १५ जुन सम्म ६ लाख ६१ हजार पाँच सय जना नयाँ अमेरिकी नागरिकहरूलाई स्वागत गरेको विज्ञप्तिमा जनाइएको छ।
यूएससीआईएसले नेचुरलाइजेशन पेन्डिङ लाइनहरू कम गर्नमा महत्त्वपूर्ण प्रगति गरेको पनि उल्लेख गरेको छ।
“हाम्रो राष्ट्रको इतिहासमा, जीवन र स्वतन्त्रता दुवैको प्रतिज्ञा, र खुसीको पछि लाग्ने स्वतन्त्रताले अमेरिकालाई आफ्नो घर भन्न संसारभरका लाखौंलाई आकर्षित गरेको छ। यूएससीआईएसमा, अमेरिकाको प्रतिज्ञामा हाम्रो विश्वास दिनहुँ नवीकरण हुन्छ किनकि हामी आप्रवासीहरूलाई हाम्रा सह नागरिकको रूपमा स्वागत गर्ने काम गर्छौं,” यूएससीआईएस निर्देशक उर एम. जद्दौले भनेका छन्।
“अमेरिकी बन्ने छनौट गर्नु भन्दा बढी देशभक्ति केहि छैन। यो जुलाई ४, म नयाँ अमेरिकी नागरिकको रूपमा हाम्रो राष्ट्रमा आफ्नो जीवन र आशाहरू लगानी गर्ने ६,६०० भन्दा बढी मानिसहरूलाई मनाउन पाउँदा गर्व गर्छु। तिनीहरूले गरेको छनौटको कारण हाम्रो देश बलियो र अधिक विविध हुनेछ।”
सन् १७७६ जुलाई ४ मा ब्रिटिश साम्राज्यबाट मुक्तभइ अमेरिका स्वतन्त्र भएको घोषणा गरिएको दिन हो। त्यस पछि हरेक वर्ष विविध कार्यक्रम गरेर स्वतन्त्रता दिवस बनाउने गरिन्छ।
यूएससीआईएसले पनि यस महत्त्वपूर्ण अवसरलाई देशभरि विशेष नेचुरलाइजेन कार्यक्रम गर्ने गर्दछ। त्यो त अन्य समयमा पनि नेचुरलाइजेन कार्यक्रम हुने गर्दछन्।
यस वर्षको स्वतन्त्रता दिवसका गतिविधिहरूमा जुलाई १ मा सान डिएगोको यूएसएस मिडवे संग्रहालयमा सैन्य सेवाका सदस्यहरूका लागि नेचुरलाइजेशन समारोह सहित देशभर विशेष समारोहहरू समावेश हुने विज्ञप्तिमा उल्लेख छ।
अहिले सम्म ५० हजार भन्दा बढी नेपालीले अमेरिकी नागरिकता लिएको तथ्याङ्क छ। अमेरिका स्थायी बसोबास अनुमति पत्र (ग्रीनकार्ड) लिएको तीन देखि पाँच वर्ष पछि अमेरकी नागरिकताका लागि आवेदन दिन पाइन्छ।
फोटो : यूएससीआईएस