आइसिसी विश्वकप लिग-२ : अमेरिका बिरुद्द नेपाललाई पहिलो ओभरमा विकेट (लाईभ)
ह्युस्टन, टेक्सास । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक क्रिकेटमा घरेलु टिम अमेरिका विरुद्दको दोस्रो खेलमा नेपालले पहिलो ओभरमा विकेट लिएको छ।
ह्युस्टनको मोसा क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङ गरेको अमेरिकाले पहिलो ओभरको पाँचौ बलमा विकेट गुमाएयो ।
करण केसीले अमेरिका स्टिभन टेलरलाई आउट गराएका थिए। नेपाल विरुद्दको अघिल्लो म्याचका शतकधारी टेलर आज एक रनमा आउट भए।
नेपाल सँग टाइ भएको अघिल्लो म्याचमा टेलरले १ सय १४ रन बनाएका थिए।
तेस्रो ओभरको पाँचौ बलमा अमेरिकाले अर्को विकेट गुमायो । अमेरिकाका कप्तान मोनाक पटेललाई करणले नै व्यक्तिगत चार रनमा पेभिलियन फर्काए ।














