सदगुरु एल पी भानु शर्मा क्यालिफोर्नियामा
क्यालिफोर्निया । जीवन विज्ञानका सदगुरु एल पी भानु शर्मा क्यालिफोर्निया आइपुगेका छन्।
प्रकाश दिवसको उपलक्ष्यमा नर्दन क्यालिफोर्नियाको रिचमन्डमा आयोजन गर्न लागेको दुईदिने ध्यान साधनाका उनी बे एरिया आईपुगेका हुन्।
मे ७ र ८ मा रिचमन्डमा आयोजित दुई दिवशिय ध्यानसाधनामा सहभागी हुन आएका सदगुरु शर्मालाई बिहिबार क्यास्ट्रो भ्यालिमा समाजसेवी युवा प्रितेश कार्कीको निवासमा आयोजित कार्यक्रममा भव्य स्वागत गरिएयो।
उक्त कार्यक्रममा योग र ध्यानसंग सम्बन्धीत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा गुरुले जीवन विज्ञान र यसका सिद्धान्त एवं कामहरुको बारेमा प्रकाश पार्दै सहभागीहरुको विभिन्न जिज्ञासाहरुलाई पनि मेटाएका थिए।

रिचमन्डमा आयोजना गर्न लागिएको ध्यान साधनालाई स्थानिय रुपमा नित्यकर्म जीवन योग प्रयोगशाला तथा क्यालिफोर्निया जीवन योग प्रयोगशालाले संयोजन गरेको छ।
उक्त कार्यक्रममा सहभागिताका लागी www.jvusa.org मा गएर दर्ता गर्नु पर्नेछ।
कार्यक्रम बारे थपजानकारीका लागी विजया सुवेदी (510-501-5409), डा. ईश्वर श्रेष्ठ (775-247-2763), मुकुन्द दवाडी (626-394-5379), विनाएकशर्मा (530-867-3562), गिता श्रेष्ठ (510-384-0247), निरमणि कालाखेती (530-401-7355) र राजि थापा (408-839-3675) लाईसम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
















