अमेरिकाका लागि नेपाली राजदुतसँग बाना पदाधिकारीको भेटघाट

Getting your Trinity Audio player ready...
|
वासिङ्गटन डी.सी. । अमेरिकाका लागि नेपाली राजदुत प्राध्यापक श्रीधर खत्रीसँग बाल्टिमोर एशोशिएशन अफ नेपप्लीज इन अमेरिका (बाना) का पदाधिकारीले बुधवार भेटघाट गरेका छन् ।
वासिङ्गटन डी.सी. स्थित राजदुतावासमा भएको भेटमा बानाका पदाधिकारीले राजदुत खत्रीको स्वागत गर्नुका साथै नयाँ वर्षको शुभकामना साटासाट गरेका थिए ।
बानाका अध्यक्ष सुवोध विलास पन्तको नेतृत्वमा टोली दुतावास पुगेको थियो। भेटघाटमा दुतावास र बाना बीचको सहकार्यमा विभिन्न गतिविधि गर्ने बारेमा छलफल भएको नवनिर्वाचित महासचिव सागर घिमिरेले समाज टाइम्स सँग बताए ।

सो अवसरमा राजदुत खत्रीले तिन लाख भन्दा बढि नेपाली समुदाय बसोबास गर्ने अमेरिकामा गरिने सामाजिक गतिविधी नेपाल सम्म पुग्नु पर्ने धरणा खारेका थिए।

बानाका अध्यक्ष पन्तले दुतावास अमेरिकाका बस्ने नेपालीका लागि घर भएको बताउदै सबै एकै परिवार भएको अनुभुति भएको बताएका थिए । उनले यस अगाडि जस्तै अब पनि दुतावाससँगको सहकार्य र सहयोगको अपेक्षा राखेका थिए।
भेटधाटमा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, बानाका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष लक्ष्मि भारती, उपाध्यक्ष भिम केसी, महासचिव सागर घिमिरे, कोषाध्यक्ष रिचा शाह र सदस्य स्याम कोईराला सहभागि थिए।
यस्तै बानाका आजिवन सदस्यहरु सुरज अधिकारी, निर बहादुर थापा, संजोक कार्की, ब्रिजेस महर्जन लगायत पनि सो अवसरमा सहभागि थिए।
यसै बीच नवनिर्वाचित महासचिव सागर घिमिरेका अनुसार बानाको नव निर्वाचित टिमलाई कार्यभार हस्तान्तरण तथा १७औ बार्षिक साधारण सभा अप्रिल २४ तारिक आईतबारका हुदै छ।
अप्रिलको पहिलो साता भएको निर्वाचनमा सुवोध पन्तले हिरा गुरुङलाई हराउदै दोस्रो कार्यकालका लागि निरन्तरता दिन सफल भएका हुन् ।
फोटो सौजन्य : ब्रजेश महर्जन