पत्रकार सतिश चापागाइ डेमोक्रटिक पार्टी मेरिल्याण्ड सेन्ट्रल कमिटीका लागि निर्विरोध

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर । पत्रकार सतिश चापागाइ मेरिल्याण्ड डेमोक्रटिक पार्टी सेन्ट्रल कमिटीको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
चापागाइ डिस्ट्रीक्ट ७ ए बाट निर्विरोध निर्वाचित भएका हुन्। उनको कार्यकाल २०२३ जनवरी देखि शुरु हुन्छ र चार वर्ष कायम रहन्छ ।
उक्त क्षेत्रबाट सो पदमा निर्वाचित हुने चापागाई पहिलो नेपालीमुलका हुन् । मेरिल्याण्डकै डिस्ट्रीक ८ बाट भने यस अगाडि ह्यारी भण्डारी डेमोक्रटिक पार्टीको केन्द्रीय सदस्य तथा विधायक छन्।
डेमोक्रटिक पार्टीको मेरिल्याण्ड राज्यको सेन्टल कमिटीका लागि डिस्ट्रीक्ट ७ ए बाट ६ जाना निर्वाचित हुन पाउने व्यवस्था छ।
नेपालमा पाल्पामा जन्मिएका चापागाइ लामो समय देखि पत्रकारितामा सक्रिय छन्। उनका केही रचना गरेका गितहरु पनि चर्चित छन्। नेपालमा रहदा पाल्पाबाट पत्रकारिता गरेका चापागाइले अमेरिकामा पनि नेपालीभाषामा पत्रकारिता गर्दै आएका छन्। उनी नेप्लीज ड्यासपोराका प्रधान सम्पादक हुन् ।
सन् २००६ मा अमेरिका आएका चापागाइ सपरिवार मेरिल्याण्डका को नोटिङ्घाममा बस्छन ।
यसै बीच सेन्ट्रल कमिटीको सदस्य निर्विरोध भए पछि समाज टाइम्स सँग कुरा गर्दै चापागाइले अवसर आफैले खोज्नु पर्छ भन्ने मान्यताका कारण आफुले उमेदवारी दिएको बताए। उनले दोस्रो पुस्तालाई बाटो देखाउन पनि आफु मुलधारको राजनीतिमा पाइला चालेको बातए ।
“अमेरिकीमुल प्रवाहको राजनीति दोस्रो पुस्तालाई बाटो देखाउन पनि हो । हामी राम्रो अवसरका लागि अमेरिका आएका हौ, त्यो अवसर किन नखोज्ने, अवसर आयो भने किन सदुपयोग नगर्ने भन्ने भयो ।” चापागाइले भने ।
“ह्यारी भण्डारी पनि यही राज्यबाट सफल हुनु भयो, हामी अब यतै अवसर खोज्नु पर्छ एक दुई गर्दै धेरै जना मुलधारको राजनीतिमा लाग्ने हो ।” चापागाइले भने।