अमेरिकामा १३ वर्षीय बालकले चलाएको ट्रक अर्को भ्यान सँग ठोकिदा नौ जनाको निधन
टेक्सास । एक १३ वर्षीय चलाएको पिकअप ट्रक अर्को एक भ्यान सँग ठोकिदा नौ जनाको निधन भएको छ ।
मंगलबार राति टेक्सास राज्य राजमार्ग ११५ र टेक्सास फार्म-टु-मार्केट रोड १७८८ नजिकै फोर्ड पिकअप ट्रकसँग ठोकिएको जनाइएको छ।
घटनामा परि निधन हुनेमा ६ जना न्यु मेक्सिकोका कलेज गल्फ खेलाडी हुन् । भ्यान चालाएका उनका प्रशिक्षकको पनि निधन भएको प्रहरीले जनाएको छ ।
अधिकारीका अनुसार ट्रक चालक १३ वर्षीय बालक र उनका पिताको पनि निधन भएको छ । अवैध रुपमा ट्रक चलाएका ती बालक र उनका पिता नयाँ कार लिन जादै थिए ।
भ्यानमा सवार गल्फ खेलाडीहरु मिडल्याण्डमा भएको गल्फ प्रतियोगिताबाट फर्किंदै थिए ।
टेक्सास कानूनले अस्थायी इजाजतपत्र प्राप्त गर्न मोटर चालक कम्तिमा १५ वर्षको हुनु पर्छ । कम्तिमा १४ वर्ष पहिले उनीहरूले लर्नर्स इजाजतपत्र प्राप्त गर्न कक्षा लिन सक्नु पर्छ।
अधिकारीहरुले दुर्घटनाको अनुसन्धान जारी रहेको बताएका छन् ।