समाचार संकलनका क्रममा युक्रेनमा अमेरिकी पत्रकारको निधन
अमेरिका । फिल्म निर्माता तथा पत्रकार अमेरिकी नागरिक ब्रेन्ट रेनाउडको आइतवार युक्रेनमा निधन भएको छ । युक्रेन र रुसी सेनाबीचको युद्धमा अग्रपंक्ति बनेको कीभको उपनगर इरपिन शहरमा रिपोर्टिङ गर्ने क्रममा उनको निधन भएको जनाइएको छ ।
फोटो पत्रकार समेत रहेका रेनाउडसँग यात्रा गरिरहेका अन्य दुई, कोलम्बियाली-अमेरिकी फोटो पत्रकार जुआन एरेडोन्डो र एक युक्रेनी पनि घाइते भएका छन् ।
ठ्याक्कै के भयो अस्पष्ट छ । कीभ अस्पतालमा उपचारत एरेडोन्डोले ट्वीटरमा सार्वजनिक छोटो अन्तर्वातामा भनेका छन् । एरेडोन्डोल र रेनाउडले यात्रा गरिरहेको कार आगोमा परेको थियो ।
“हामीले एउटा चेकपोइन्ट पार गर्यौं र उनीहरूले हामीमाथि गोली हान्न थाले,” उनले भने । पत्रकारहरूसँग कारमा रहेका एक युक्रेनी पनि घाइते भएका थिए। रेनाउडलाई आपतकालीन चिकित्सा हेरचाह गर्ने प्रयास गर्ने एक सर्जनले घाँटीमा बन्दुकको गोली लागेर तुरुन्तै उनको मृत्यु भएको बताए।
५० वर्षीय रेनाउडले अफगानिस्तान र इराकलगायत आफ्नो क्यारियरभरि धेरै द्वन्द्व क्षेत्रमा काम गरेका थिए । अवार्ड विजेता रेनाउडले न्यूयोर्क टाइम्स, भाइस न्यूज, र एनबीसी न्यूजलगायत धेरै समाचार संस्थामा पनि काम गरेका थिए ।