सागर घिमिरे एक्ट माथि संसदमा आज सुनुवाइ हुदैं : डेलिगेट ह्यारी भण्डारी
अमेरिकामा एक नेपालीका नाममा औपचारिक रूपमा दर्ता भएको विधेयक ‘सागर घिमिरे एक्ट’माथि आज मार्च १० तारिख विहिबार अपरान्ह १:०० बजे न्यायिक समितिमा सुनुवाइ हुदैछ।
मेरिल्याण्ड राज्य विधानसभाको ४४४औं संसद सत्रमा एचबी १३४४ नम्बरमा दर्ता भएको यो विधेयक जसको नाममा छ, दु:खका साथ भन्नुपर्छ उहाँ आज यो संसारमा हुनुहुन्न।
२४ वर्षिय सागर घिमिरे पूर्वी नेपालको संखुवासभाबाट अमेरिका आउनु भइ कम्प्युटर साइन्स अध्ययरत् एक मेधावी विद्यार्थी हुनुहुन्थ्यो। उहाँ मेरिल्याण्डको वुडल्यानमा एक बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोलीको निशानामा परेर मारिनु भयो।
मैले यो विधेयक उहाँ र उहाँजस्तै अनाहकमा मारिनुभएका तमाम जिन्दगीहरूको सम्मानमा दर्ता गरेको हुँ। एक नेपाली विधायक हुनुको नाता यस विधेयकलाई ‘सागर घिमिरे एक्ट’ नाम दिएर उहाँप्रति साँचो श्रद्धाञ्जलि अर्पण गर्न चाहेको हुँ।
यस्तो अप्रिय मृत्यु कसैले पनि वरण गर्नु नपरोस् भनेर प्रस्तुत गरेको यो विधेयक पारित गराउन हामी सबैको समर्थन चाहिएको छ। डकुमेन्ट स्पिक्स भनिने अमेरिकामा मूलत: कागजात नै बोल्छ।
त्यसैले म यहाँहरू सबैलाई न्यायिक समितिका विधायकहरूको निम्न इमेल ठेगानामा समर्थन पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अमेरिकामा जुन विधेयकमा ठूलो जनसमर्थन रहन्छ, त्यस्तो विधेयक नै कानून बन्ने गर्छ। यसैले पनि यो विधेयक पारित गराउन यहाँहरू सबैको साथ र सहयोग चाहिएको हो।
म आफ्नो ठाउँबाट यथेस्ट प्रयास गर्नेछु, यहाँहरूबाट होस्टेमा हैँसे भयो भने हामी यो विधेयक पारित गराउन सक्छों, त्यसो भयो भने सागर घिमिरे र उहाँजस्ता अनाहकमा मारिने जिन्दगीहरूले न्याय पाउँनेछन्। र, त्यो नै हामी सबैका तर्फबाट सागर घिमिरेप्रति साँचो श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना हुनेछ।
सद्भावपूर्ण सहयोगको अपेक्षासहित,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
मेरिल्याण्ड हाएस अफ एसेम्बली, डिस्टिक्ट ८
विधेयकको लिंक हेर्न यहाँ जान सक्नुहुन्छ- https://mgaleg.maryland.gov/mgawebsite/Legislation/Details/hb1344?ys=2022RS
न्यायिक समितिका यी सदस्यमध्ये धेरैभन्दा धेरै वा कुनै एकलाई समर्थनका लागि इमेल गर्न सक्नुहुन्छ:
Delegate Curt Anderson : curt.anderson@house.state.md.us
Delegate Lauren Arikan: lauren.arikan@house.state.md.us
Delegate J. Sandy Barlett : sandy.bartlett@house.state.md.us
Delegate Jon S. Cardin : jon.cardin@house.state.md.us
Delegate Frank M. Conway Jr. : frank.conaway@house.state.md.us
Delegate Daniel L. Cox : dan.cox@house.state.md.us
Delegate Charlotte Crutchfield charlotte.crutchfield@house.state.md.us
Delegate Debra Davis : debra.davis@house.state.md.us
Delegate Wanika Fisher : wanika.fisher@house.state.md.us
Delegate Robin L Grammer Jr. : Robin.Grammer@house.state.md.us
Delegate Faye Martin Howell: fayemartin.howell@house.state.md.us
Delegate Rochel Jones : rachel.jones@house.state.md.us
Delegate Lesley Lopez : lesley.lopez@house.state.md.us
Delegate Susan K Mccomas : susan.mccomas@house.state.md.us
Delegate Rachel Munoz : rachel.munoz@house.state.md.us
Delegate Emily Shetty : emily.shetty@house.state.md.us
Delegate Haven Shoemaker : Haven.Shoemaker@house.state.md.us
Delegate Brenda J Thiam :brenda.thiam@house.state.md.us
Delegate Karen Toles : karen.toles@house.state.md.us
Delegate Nicole A. Williams : nicole.williams@house.state.md.us