एमसीसीका कारण नेपाल, ‘चीन र अमेरिकाको क्रिडास्थल बन्ने खतरा देखियो’ : शेखर कोइराला
अमेरिका । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाल दुई ठूला मुलुकको क्रिडास्थल बन्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले एमसीसीलाई लिएर अमेरिका कडा रुपमा प्रस्तुत भएको र पास नगर्दा नेपालमा चीनको प्रभुत्व बढ्ने बताए ।
विभिन्न मुलुकमा रहेका कांग्रेस समर्थकहरुसँग शनिवार भएको भर्चुअल बैठकमा बोल्दै कोइरालाले यस्तो स्थिति नेपालकै नेताहरुको अपरिपक्कताका कारण आएको बताए ।
‘दुई वटा मुलुकको वाक युद्द शुरु भएको छ । एमसीसीको बारेमा कति अफवाह फैलिएको छ । नेपाल, चीन र अमेरिकाको क्रिडा स्थल बन्ने खतरा देखिराखेको छु ।’ कोइरालाले भने । ‘त्यो काम हाम्रै लिडरहरुले गर्दा भएको हो, हाम्रो लिडरहरुको कुटनितिक फेलिएर भन्छु म यसलाई ।’
‘एमसीसीलाई लिएर दुबै ठूला मुलुकले चासो र दवाव दिएको पनि कोइरालाले बताए । ‘कन्सन के भने, प्रेसर कस्तो भने हामीहरु कमा र फुलस्टप पनि परिवर्तन गर्दैनौ , २८ फेब्रुअरी इज द लाष्ट । ‘ अमेरिकाले भनेको छ कोइरालाले भने । ‘ यदी यो (एमसीसी) पास भएन भने चाइनिजहरुको फोल्डमा नेपाल जान सक्छ भन्ने उनीहरुको (अमेरिका) छ ।’
कोइरालाले नेपालका लागि अहिले गम्भिर अवस्था आएको बताए । ‘चीनले अफवाह फैलायो । अमरिकाले त्यसलाई खण्डन गरे । त्यस पछि दुबैको वाक युद्द भइरहेको छ ,दुई देश बीचमा इगो ठूलो भएको छ ।’
अमेरिका सोचे भन्दा कडा रुपमा प्रस्तुत भयो
‘एमसीसीलाई लिएर अमेरिका पनि कडा रुपमा प्रस्तुत भएको छ,’हामीहरु सँग कुरा गर्दा अमेरिकी एम्बेसी अत्यन्त कडा ढङ्गले प्रस्तुत भएको छ अत्यन्त कडा ढङ्गले त्यो मैले सोचेको भन्दा कडा ।’
५० भन्दा बढी कार्यकर्ता उपस्थित बैठकमा कोइरालाले भने ‘कति सम्म भने हामीहरु स्यानसङ्ग (आर्थिक नाकावन्दी) लगाइदिन सक्छौ, हामीहरु उहाँहरुको भिषालाई असर गरिदिन सक्छौ । उहाँहरुको अन्तर्राष्ट्रिय बैकमा पैसा छ हामीलाई थाहा छ यस्ता कुरा पनि गरेका छन् । हामी सँग त्यो हदसम्म पनि जान सक्छन ठूलो देश हो ठूलो इगो हुन्छ ।’
शुरुबाट नै एमसीसीलाई गिजोलिदिदाँ समस्या आएको कोइरालाले बताए । ‘एमसीसीलाई हामीले यसरी गिजोलिदियौ डे वान देखि त्यो अव संमालेर नसम्हालिने अवस्थामा म देख्छु ।’ उनले भने ।
कोइरालाले एसमीसी पास चै हुने तर कार्यन्वयमा भने शंका व्यक्त गरे । ‘मेरो रिडिङ्गमा एमसीसी पास त हुन्छ तर बन्छ की बन्दैन ट्रान्समिशन लाइन ? एमसीसी पास भएन भने चाइनाको प्रभुत्व कसरी बढेर आउछ नेपालमा त्यो कुराहरुलाई पनि हामीले सिरियस रुपले हेर्नु पर्ने छ ।’
नेतामा स्वार्थ देखियो
कोइरालाले राष्ट्रिय मुद्दामा नेताहरुको नीजि स्वार्थले भूमिका खेलेको दावी गरे । ‘मैले ओलीजीलाई पनि भेटे, प्रचण्डजीलाई पनि भेटे, राष्ट्रपति जीलाई पनि भेटे, प्रधानमन्त्री जीलाई पनि भने तर उहाँहरुको आफ्नै कुरा छ ।’
‘प्रधानमन्त्रीको आफ्नो चियर र एमसीसी पास हुनु पर्छ भन्ने छ ओलीजी के भन्नु हुन्छ सभामुख नहटाइ हुदै हुदैन भन्नु हुन्छ । अब सभामुख हटाउन दुई तिहाइ चाहिन्छ कांगेस र एमाले मिल्दा पनि दुई तिहाइ पुग्दैन ।’ कोइरालाले भने ‘लोकतान्त्रिक समाजवाद पार्टीलाई लिने हो कि नलिने हो कि त्यो प्रष्ट छैन ।’
गठबन्धन तोड्नु पर्छ
कोइरालाले वर्तमान सत्ता गठबन्धन तोड्नु पर्ने बताए । ‘यो मेरो व्यक्तिगत बिचार हो कांग्रेस एक्लै लड्नु पर्छ । केही साथिमा यही गठबन्धन कायम राख्नु पर्छ भन्ने छ ।’
‘सबैको कुरा गर्दा के बुझिन्छ भने एमाले र माओवादी मिले अप्ठेरो पर्न सक्छ तर हामी एउटा सहमति गर्न सक्छौ एमाले र माओवादीलाई अगल राख्नका लागि तर देउवाजीलाई माधव नेपालका कारण अप्ठेरो भएको हो साथि जस्तो मान्छे गठबन्धनबाट कसरी हटाउने भन्ने ओली जी हटाउनै पर्छ भन्नेमा हुनुहुन्छ ।’ कोइरालाले दावी गरे ।
जनसम्पर्क समितिको निर्वाचन र विश्व सञ्जाल बारे पार्टीमा कुरा उठाउछु : शेखर कोइराला