एनआरएनए विवाद : जापान पदाधिकारीलाई पनि साईबर व्यूरोको पत्र

अमेरिका । नेपाल प्रहरी साईबर व्यूरोले गैर आवासीय नेपाली संघ एनआरएनए विवादमा जापानका पदाधिकारीलाई पनि पत्र काटेको छ ।
व्यूरोको अपराध अनुसन्धान तथा अभियोजन शाखाले अनुसन्धान कार्यमा सहयोग गरिदिनु भन्दै एनआरएनए जापानका पाँच जनालाई पत्र काटेको हो ।
व्यूरोले यस अगाडि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका शिर्ष पदाधिकारीलाई प्रविधिको दुरुपयोग गरेको आरोपमा सोधपुछका लागि बोलाएको थियो ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानको चुनावलाई लिएर ठूलो विवाद छ । व्यूरोले आइसीसी अध्यक्ष कुमार पन्तसहित उपाध्यक्ष डा. बद्रि केसी, महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठलाई सोधबुझका लागि बोलाएको थियो ।
त्यस पछि व्यूरोले जापान एनआरएनए सँग सम्वन्धित जनक बिक्रम शाही,देवीलाल भण्डारी, कालिका थापा, सिद्दार्थ श्रेष्ठ र नेत्रप्रकाश भण्डारीलाई अनुसन्धानका लागि पत्र काटेको हो ।
आइसीसीका पदाधिकारीहरुले जापान घटनामा आफुहरुको सहभागिता इन्कार गरेका थिए । व्यूरोले जापानको निर्वाचनमा प्रविधिको दुरुपयोगबारे छानविन गरिरहेको छ ।
