एनआरएनए जापान काण्ड : संस्थापनपक्षका सबै नेतालाई साइबर ब्यूरोको पत्र, ‘चुनाव भाड्ने प्रपन्च’ : गौरी जोशि
अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनए विवादमा नयाँ मुद्दा थपिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका शिर्ष पदाधिकारीलाई प्रविधिको दुरुपयोग गरेको आरोपमा नेपाल प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानको चुनावलाई लिएर नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्युरोको अपराध अनुसन्धान शाखाबाट अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई पत्र काटेको हो ।
एनआरएनए आइसीसीका उपाध्यक्ष डा. बद्रि केसी, महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठलाई माघ २१ भित्र उपस्थित हुन भनिएको छ । पत्र काटिएका सबै जना अहिले नेपाल बाहिर छन् । पत्र माघ १७ मा काटिएको हो ।
‘एनआरएनए जापानको दशैं अधिवेशनको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी एम आइ एस सिस्टममा अनधिक्रित पहुँच गरि आइसीसी, आइसीसी आइटीले र एनसीसी एडमिन संचालकले फेरबदल गरि आफूखुशि मतदान गरि विद्युतिय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको हुनाले कानुन यथाशिघ्र छानबिन गरि कारवाहि गरिपाउँ भन्ने निबेदन यस ब्युरोमा प्राप्त भएकोमा प्राप्त निबेदन उपर यस ब्युरोबाट अनुसन्धान गर्नुपर्ने भएकोले उक्त प्रविधिमा प्रयोग भैरहेको युजर ईमेल (User Email) के कति मितिबाट कुन आइपी (IP) परिवर्तन भएको हो ? निर्वाचनमा भोटिङ हुँदा कुन कुन आइ पीबाट भएको हो ? भोटिङ गर्न गएकाहरुले के कुन समयमा कसरि भोटिङ गरिसकेका हुन् ? सो लगायतको विषय पछिसम्म फरक नपर्नेगरि स्वयं तपाईहरु आफैं वा तपाईहरुको प्रतिनिधिलाई मिति २०७८ माघ २१ विहान १० बजे यस कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।’ पत्रमा भनिएको छ ।
संस्थापन पक्षका नेताहरुले यसलाई चुनाव भाड्ने प्रपन्च भनेका छन् । हाल अमेरिकामा रहेका एनआरएनए आइसीसीका सचिव गौरी जोशिले ब्यूरोको पत्र गलत मनसायबाट आएको बताए ।
समाज टाइम्स सँगको कुराकानीमा जोशिले भने,’ यो आइसीसी सँग सम्वन्धित विषय नै होइन, ध्यान अन्त मोड्न ल्याइएको हो, चुनाव भाड्ने प्रपन्च हो ।’
‘चुनाव कमिटी एनसीसीले बनाएको हो र सफ्टवेर जापान एनसीसीले थर्डपार्टी सँग बनाएको हो, आइसीसीको त्यसमा कुनै सम्वन्ध नै छैन, पत्र नै काट्ने भए जापानका तत्कालिन अध्यक्षलाई काट्नु पर्छ ।’ जोशिले भने ।
ब्यूरोको पत्र पछि सचिवालयमा पदाधिकारी सँग छलफल भएको र यो विषयान्तरका लागि ल्याइएको निश्कर्ष निकालिएको जोशिले बताए ।
‘विषयलाई अन्त मोड्न र चुनाव हुन नदिन ल्याइएको हो, अब साइवर क्राइममा मुद्दा परेकाहरुलाई उमेदवार हुन दिन हुन्न भन्ने आउछ, हरेक कुरा योजनावद्द भएको छ, पराजित मानसिकताको उपज हो ।’
जोशिले आइपी परिवर्तनमा आइसीसी नजोडिने बताए । ‘जापानले आइसीसीको सफ्टवेर नै प्रयोग गरेको होइन, इमेल परिवर्तन भएको भन्ने कुरा चुनाव भन्दा अगाडि सबैलाई थाहा थियो, सरोकारवाला बिचमा सहमति पछि चुनाव भएको हो ।’
ब्यूरोले एनआरएनएको काठमाडौं स्थित सचिवालयका आइटीका कर्मचारी सँग यस अगाडि दुई पटक सम्म बोलाएर जवाफ मागेको जनाइएको छ ।
जापान लगायत विभिन्न मुलुकबाट प्रतिनिधि छनौटमा धाँदली भएको भन्दै पराष्ट्रमा उजुरी परे पछि गत अक्टोबरमा नै हुनु पर्ने एनआरएनए आइसीसीको चुनाव अहिले सम्म हुन सकेको छ।
विवाद समाधानका लागि प्रमुख संरक्षक शेष घलेको नेतृत्वको शिर्ष कमिटीले अहिले काम गरि रहेको छ । सो कमिटीले फेब्रुअरी चार तारिक सम्मको समय पाएको छ ।