पेन्सिलभेनियाका गभर्नरद्वारा पुन महामारी राहात योजना घोषणा, कम आम्दानी हुने परिवारले मासिक दुई हजार डलर सम्म पाउने
अमेरिका । गभर्नर टम वुल्फले पेन्सिलभेनियाबासी लागि पुन कोभिड -१९ महामारी राहत कार्यक्रमको घोषणा गरेका छन् ।
‘ पेन्सिलभेनियालाई महामारीबाट पूर्ण रूपमा निको पार्नका लागि १.७ बिलियन (एक अर्ब ७० करोड अमेरिकी डलर) रकम छुट्याएको घोषणा गर्दछु ।’ बुधवार वुल्फले भनेका छन् ।
सो रकम पेन्सिलभेनियाबासी परिवार, कामदारहरू, साना व्यवसायहरू, स्वास्थ्य सेवा प्रणालीमा अमेरिकी उद्धार योजना ऐन मार्फत समुदाय पुनरुत्थानमा खर्च हुने जनाइएको छ ।
‘अब पेन्सिलभेनियाबासीहरु फस्टाउने समय हो ।’ १.७ बिलियन लगानी घोषणा गर्दै गभर्नर वुल्फले भने ।
‘पेन्सलभेनियाले महामारीको सामना गरेपछि, हामीले साना व्यवसायहरू, अग्रपंक्तिमा काम गर्ने कामदारहरू, कृषि, स्वास्थ्य सेवा, पहिलो प्रतिक्रियाकर्ताहरू, र थपलाई समर्थन गर्न रणनीतिक रूपमा लगानी गर्यौं,यसले सुनिश्चित गर्यो कि पेन्सिलभेनिया बाँच्यो ।’ वुल्फले भने ।
यो योजनाले पेन्सिलभेनियाबासीलाई आफ्नो र परिवारको लागि आर्थिक सुरक्षा पुन: प्राप्ति गर्ने र जीवनको गुणस्तर सुधार गर्ने विश्वास गभर्नर वुल्फले व्यक्त गरेका छन् ।
गभर्नर वुल्फले आफ्नो प्रशासनको सुरुदेखि नै वित्तीय जिम्मेवारीलाई प्राथमिकता दिदै आएका छन् । उनको कार्यकालमा शिक्षा, स्वास्थ्य हेरचाह, व्यापार समर्थनमा जोड दिइएको छ । उनी पेन्सिलभेनियाको न्यनतम कामदार ज्याला प्रतिघण्टा कम्तिमा पनि १५ डलर बनाउनु पर्ने पक्षपाती हुन ।
वुल्फद्वारा घोषित कार्यक्रममा सबै भन्दा ठूलो रकम पेन्सिलभेनिया अवसर कार्यक्रममा खर्च हुने छ । यो शिर्षकका लागि पाँच सय मिलियन छुट्याइएको छ ।
यो कार्यक्रमले बाल हेरचाह, घरायसी खर्च , डिग्री, प्रमाणपत्र, वा इजाजतपत्र पूरा गर्ने अवसरहरूबाट बन्चित कामदारहरू र परिवारहरूलाई अति आवश्यक राहत प्रदान गर्ने जनाइएको छ ।
वार्षिक आम्दानी ८० हजार अमेरिकी डलर भन्दा कम हुनेले यो कार्यक्रममा आवेदन दिन सक्छन् । उनीहरु योग्य भएमा दुई हजार डलर सम्म पाउन सक्छन ।
यस्तै साना व्यापार समर्थन शिर्षकमा दुई सय २५ मिलियन छुट्याइएको छ । महामारीबाट आर्थिक रूपमा प्रभावित भएका साना व्यवसायहरूलाई पाँच हजार देखि पचास हजार डलर सम्मको अनुदान उपलब्ध गराउने भनिएको छ ।
कार्यक्रमले महिला र अल्पसंख्यक-स्वामित्व भएका व्यवसायहरू र ग्रामीण समुदायहरूलाई प्राथमिकता दिने गभर्नर वुल्फले घोषणा गरेका छन् ।
कम आय भाडामा लिने र घर मालिकहरूका लागि बढेको सम्पत्ति राहतका लागि दुई सय चार मिलियन छुट्याइएको छ ।
यस्तै स्वास्थ्य सेवा प्रणालीको लागि तीन सय २५ मिलियन छुट्याइएको छ ।