दक्षिणकाली बासीलाई बिना कसुरको सजाय
ईन्दिरा न्यैपाने पौड्याल
काठमाडौबाट करीब एक घण्टा (२२ किलोमिटर) कोदुरि मा रहेको पहाडी नगरपालिकाहरू श्रेणीमा पर्ने दक्षिणकाली नगरपालिकाको केन्द्रभने फर्पिङ्ग बजार हो ।
नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौ जिल्लामा अवस्थित एक मौलिक , सान्स्कृतिक,धार्मिक,पौराणिक र पर्यटनको प्रचुर सम्भावना भएको शहर उन्मुख नगरपालिका हो l
आवश्यक पूर्वाधार बिनै मंसिर २०७१ सालमा स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले यी ६ गाउँ विकास समितिहरूलाई समेटेर दक्षिणकाली नगरपालिका घोषणा गरिएको गरेको थियो।
राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा दक्षिणकाली नगरपालिकाको कूल जनसङ्ख्या २४,२९७ र जनघनत्व ५७०/किमी (१,५००/वर्ग माइल) मात्र थियो ।
४२.६ किमी (१६.४ वर्ग माइल) क्षेत्रफल रहेको यो नगरपालीका घोषणा गर्दासम्म मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका थियो र नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुर्याइएको थियो।
प्राय नेवारको बाहुल्यता रहेको फर्पिङ बजार क्षेत्र अनी आसपासका क्षेत्रमा बाहुन छेत्री लगायत अन्य समुदायको बाक्लो उपस्थिती रहेको छ । नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली , नेपालको पहिलो बिध्युत फर्पिङ ( चन्द्रज्योती ) जलबिध्युत , नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला ( हाल फर्पिङ मा बि ) , चार नारायण मध्यको एक शेसनारायण , गोपालेस्वर पिठ , असुरा गुफा , पध्मशम्भब गुफा , केही सुबिधासम्पन्न रिसोर्टहरु , हरियाली बातावरण, काठमाडौँ जोड्ने छोटो दुरीको राजमार्ग यहाँको विशेषताहरु हुन ।
नगरवासीको बिडम्बना:
काठमाडौं उपत्यकाका नदी नालामा अव्यवस्थित रुपमा मिसाइएका ढलकै कारण दुर्गन्धित वाग्मतीको गम्भीर असर दक्षिणकाली बासिन्दाले भोगिरहेका छन् । वाग्मतीको दुर्दशामा उनीहरुको कुनै दोष छैन । तर “तल्लो तट” उपमा पाएका दक्षिणकाली नगरपालिका र वर परका बासिन्दाले चर्को दुर्गन्ध सहनु त परेको छ नै, वाग्मतीको पानी खेती गर्नसमेत योग्य हुन्न । खोला तथा नदी प्रदुषित पार्नेलाई पाँच हजार जरिवानादेखि बिगो बराबरको सजायको व्यवस्था जलस्रोत ऐनमा छ ।
यसको कार्यान्वयन हुने हो भने काठमाडौं उपत्यकाका अधिकांश घरधनी र उद्योगी व्यवसायी कारबाहीमा पर्छन् । र प्रदूषण प्रभावित तल्लो तटीय क्षेत्रका जनतालाई हर्जाना तिर्नुपर्ने हुन्छ । नखाएको विष लागेसरह भएका तल्लो तटीय क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति दिनेतर्फ कसैको चासो दिएको छैन ।
वाग्मती नदी मात्रै हैन, यो सभ्यतासँग पनि जोडिएको छ । यही वाग्मतीको प्रदूषण कम गर्दै सुधारका लागि वर्षेनी करोडौं खर्च भैरहेको छ भने सफाइ अभियान समेत चलिरहेको छ । तर ढल र रसायनिक तत्वले निम्त्याएको विकराल समस्याको प्रभावकारी समाधान नहुँदा त्यसको मार तल्लो तटीय क्षेत्रले कहिले सम्म भोग्नुपर्ने हो, कुनै टुंगो छैन ।
(ईन्दिरा न्यैपाने पौड्याल) पेसाले कानुन व्यवसायी हुनु हुन्छ