बेलायती महिला टेनीस स्टारलाई दुर्व्यवहार गरेको आरोपमा एक नेपाली दोषी ठहर

Getting your Trinity Audio player ready...
|
अमेरिका । बेलायती नम्बर एक युवा टेनिस महिला खेलाडी एम्मा रादुकानुलाई दुर्व्यवहार गरेको आरोपमा ३५ वर्षीय विवाहित नेपाली पुरुषलाई दोषी ठहर गरिएको छ । एम्मा यूएस ओपन च्याम्पियन हुन् ।
डेलीमेलका अनुसार एडगवेयरका अमृत मगरलाई शुक्रबार ब्रोम्ली मजिस्ट्रेटको अदालतमा दोषी ठहर गरिएको हो । उनले कस्तो सजाय पाउने भन्ने पछि सुनाइने छ।
समाज टाइम्सको सम्पर्कमा आएका बेलायतमा रहेका नेपालीका अनुसार मगरको नेपालमा घर धरानमा हो । बेलायतमा उनी अमेजनमा डेलिभरीका डाइभर थिए अहिले उनी बेरोजगार हुन् । उनी श्रीमती सँगै बस्दै आएका हुन् ।

१९ वर्षीय खेलाडी एम्माको दक्षिण लन्डनस्थित घरमा ढोकाको क्यामेरा फुटेजमा मगर कैद भएका थिए । जहाँ ति खेलाडी आफ्ना अभिभावकसँग बस्छिन्।
नेपाली युवा मगर गत वर्षको डिसेम्बर महिनामा एम्मा रादुकानुको घरमा तीन पटक गएको फुटेजमा देखिएको बताइएको छ । जहाँ उनले हस्त लिखित पत्र पनि छोडेका थिए जसमा लेखिएको थियो “तिमी मायाको हकदार छौ”।
नोटमा ‘भन्नु केही छैन, तर तिमी मायाको हकदार छौ’ भनेर मगरले हस्ताक्षर गरेका थिए, जहाँ आफ्नी श्रीमती बिना र आफ्नो कुकुर लोगनको नाम पनि थपेका थिए।
अर्को पटक मगरले टेनिस खेलाडीलाई देखाउनको लागि हातले कोरेको नक्सा बनाएर छोडेका थिए । जुन नक्शामा उत्तर-पश्चिम लन्डनमा रहेको आफ्नो घरबाट २३ माइल हिँडेर त्यहाँ सम्म आइपुगेको उल्लेख छ ।
तेस्रो पटकमा मगरलाई चोरीको पनि आरोप लगाइएको छ ।
अदालतलाई दिएको बयानमा रादुकानुले आफू एक्लै बाहिर निस्कन डराएको र घरमा सुरक्षित महसुस नगरेको बताएकी छिन् ।
हाल बेरोजगार रहेका मगरले एम्दालाई टेलिभिजनमा देखेर उनको घर सम्म पुगेको बयान दिएका छन् ।