७६ हजार विस्थापित अफगानीहरुको अमेरिकामा पुनर्वास
अमेरिका । अफगानिस्ताबाट विस्थापित ७६ हजारले अमेरिकामा पुनर्वास पाएका छन् । होमल्याण्ड सेक्युरेटीद्वारा जारि विज्ञप्ति अनुसार अझै झण्डै नौ हजार जोखिममा परेका अफगानीहरूका लागि अस्थायी आवास सुविधा उपलब्ध गराउने काम जारी छ ।
अमेरिकी सेना फिर्ता पछि तालिवाने अफगानिस्तानमा कब्जा जमाउदा लाखौ नागरिक विस्थापित भएका थिए ।
‘अपरेशन वेलकम यूएस अभियानको अन्तर्गत न्यू मेक्सिको स्थित होलोमन एयर फोर्स बेसमा राखिएका अफगान नागरिकहरुको अन्तिम समूहले बेस छोड्यो ।’ होमल्याण्ड सेक्युरेटीको विज्ञप्तिमा भनिएको छ ।

जोखिममा परेका अफगानीहरूको पुनर्वासमा सहयोग गर्न राष्ट्रिय गैर-नाफामुखी पहल ‘वेलकम यूस’ सञ्चालनमा छ । यो अभियानले अफगानीहरुलाई अमेरिकाभरका समुदायहरूमा आफ्नो जीवन पुनर्निर्माण गर्न सहयोग गर्छ ।
होमल्याण्ड सेक्यूरिटका अनुसार होलोमन एयर फोर्स न्यू मेक्सिको आठ डिपार्टमेन्ट अफ डिफेन्स स्थापना मध्ये चौथो हो जसले अफगान नागरिकहरूको पुनर्वासलाई समर्थन गर्दछ । जुन कार्यक्रमलाई “सुरक्षित आश्रय” पनि भनिन्छ ।

हालसम्म ७६ हजार भन्दा बढी विस्थापित अफगानीहरूलाई देशभरका समुदायहरूमा पुनर्वास गरिएको छ। स्थानीय पुनर्वास सम्बद्ध संस्थाहरूसँग समन्वयमा दुई सय ९० भन्दा बढी स्थानमा पुनर्वास गरिएको जनाइएको छ । अब उनीहरुले अमेरिकामा आफ्नो नयाँ जीवन शुरु गर्ने छन् ।

डिपार्टमेन्ट अफ डिफेन्सले अझै जोखिममा रहेका नौ हजार अफगानीहरुका लागि अस्थायी आवास सुविधा उपलब्ध गराउने काम जारी नै राख्ने जनाएको छ । त्यसका लागि चार सैन्य स्थापनाहरूमा पुनर्वास पूरा गर्ने प्रक्रियामा छन् । इन्डियाना, भर्जिनिया, विन्कन्सन र न्यू जर्सीमा बाँकीलाई पुनर्वास गराइने छ ।

अमेरिकामा प्रवेश गर्नु अघि, अफगानिस्तानीले धेरै चरणमा प्रक्रिया पूरा गर्नुपर्छ । जसमा खुफिया, कानून प्रवर्तन, र आतंकवादका बारेमा बायोमेट्रिक र बायोग्राफिक पुरा गर्नु पर्छ । यस्तै अफगानबाट विस्थापितहरूले खोपको मात्र पुरा गर्नु पर्छ । जसमा दादुरा, मम्प्स, र रुबेला, भेरिसेला, पोलियो, कोभिड-१९, र अन्य समावेश छन् ।












