जन्म र मृत्युको प्राकृतिक सन्तुलन कायम नहुदा विश्वमा नै घट्दो छ जनसंख्या
अमेरिका । नेपालमा बुधवार जनगणना २०७८ को रिपोर्ट सार्वजनीक गर्यो । सार्वजनिक रिपोर्टमा नेपालीको जनसंख्या तीन करोड छुन सकेको छैन ।
नेपालमा हेरक दश बर्षमा जनगणना हुन्छ । पछिल्लो दश बर्षमा नेपालमा २७ लाख जनसंख्या थपिएको छ । जन्मदर नेपालमा मात्र होइन अहिले विश्वकै समस्या बन्दै गएको छ ।
जर्मनीको फेडरल इन्स्टिच्युट फर पपुलेसन रिसर्चले संयुक्त राष्ट्रसंघीय तथ्याङ्कको विश्लेषणमा विश्वभरीनै जनसंख्या निरन्तर घट्दो रहेको देखाएको छ ।
रिसर्चले जन्मदरभन्दा मृत्यु हुनेको संख्या बढी रहेको भनेको छ । ‘विश्वभर जन्म र मृत्युको “प्राकृतिक सन्तुलन” कामय हुन नसक्दा जनसंख्या घट्दै गएको छ ।’ रिपोटमा भनिएको छ । प्राकृतिक जनसंख्या वृद्धि नकारात्मक दिशामा छ ।
अध्ययनका अनुसार, जन्म र मृत्युको यो “प्राकृतिक असन्तुलन” को कारणहरू घट्दो प्रजनन दर र बढ्दो उमेरको जनसंख्या हो ।
मृत्यु धेरै हुने मुलुकमा जर्मनी संसारको पहिलो देश रहेको छ । १९७२ पछि हरेक वर्ष, त्यहाँ मृत्युको तुलनामा कम मानिसहरू जन्मिएका छन् । १९९० भन्दा पहिले, हंगेरी र चेक रिपब्लिकमा पनि यही समस्या थियो ।
यो शताब्दीको मध्यसम्ममा, नर्वे र स्वीडेन बाहेक युरोपका सबै देशमा प्राकृतिक जनसंख्या वृद्धि नकारात्मक हुने अपेक्षा गरिएको छ । ब्राजिल र चीन जस्ता जनसंख्या भएका देशहरूले पनि सन् २०५० भन्दा अगाडि नै यस्तो परिवर्तन अनुभव गर्ने प्रक्षेपण गरिएको छ ।
अघिल्लो साता मात्र चीनले जनसंख्या घट्दो अवस्थामा रहेको रिपोर्ट सार्वजनीक गरेको थियो । जवकी चीनीयाँ कम्युनिष्ट पार्टीले ‘कुख्यात एक सन्तान नीति’ लाई संसोधन गर्दै अहिले तीन सन्तान पुर्याएको छ । एशियामाजापान एक विकसित देशको अर्को उदाहरण हो जहाँ जनसंख्या घट्दोदरमा छ ।
जनसंख्यामा प्राकृतिक सन्तुलन बिग्रदै गएको मार अफ्रिका, अरब प्रायद्वीपका केही मुलुक, ओशिनिया र मध्य एशियामा पनि कायम छन्। स्वीडेन एकमात्र युरोपेली देश हो जसले प्राकृतिक जनसंख्या वृद्धिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
जनसंख्या बृद्दि ओरालो लाग्नुमा जन्म र मृत्युको सन्तुलन नमिलेको कारण मात्र नभएको रिपोटले देखाएको छ । बराइसराईले पनि जनसंख्यामा प्रमुख भूमिका खेल्छ रिपोर्टमा भनिएको छ ।
‘बसाइसराइले पनि समीकरणमा प्रमुख भूमिका खेल्छ र यदि कुनै देशले पर्याप्त आप्रवासीहरूलाई आकर्षित गर्छ भने जनसंख्या वृद्धिलाई समर्थन गर्न सक्छ।’ रिपोर्टले जर्मनीले घट्दो जन्मदरको लामो इतिहास हुदाँ पनि आप्रवासीको बसाइसराइबाट फाइदा लिएको देखाएको छ । आप्रवासी प्रति कठोर हुने युरोपेली देशहरुमा समग्र जनसंख्या वृद्धि नकारात्मक हुन पुगेको देखाइएको छ ।