फिप्नाद्वारा ११ सल्लाहाकार मनोनयन

Getting your Trinity Audio player ready...
|
अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले ११ सदस्यीय सल्लाहाकार मनोनयन गरेको छ । फिप्नाद्वारा सोमवार सार्वजनिक सल्लाहाकारको कार्यकाल दुई बर्षको हुने जनाइएको छ ।
गत महिना सम्पन्न फिप्नाको अधिवेशनले राजकुमार बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । सो निर्वाचनमा अध्यक्ष पदमा पराजित निवर्तमान अध्यक्ष लोक जेम्जोङ् पनि ११ सदस्यीय सल्लाहाकारमा समेटिएका छन् ।
यस्तै अन्य सल्लाहाकारमा प्राध्यापक ,लेखक तथा आदिवासीविद् महेन्द्र लावती लिम्बु, व्यवसायी ग्याल्जेन नुरु शेर्पा र गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व डिआरसी नविन शेरचन मनोनयन भएका छन् ।
एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष बाबुराम लामा, पत्रकार प्रदिप परियार थापा, गुरुङ (तमु ) सोसाइटी इंक यु.एस.एका पूर्व अध्यक्ष पदम गुरुङ, नेवा गुठी न्युयोर्कका निवर्तमान अध्यक्ष निर्मल प्रधान पनि सल्लाहाकार मनोनित भएका छन् ।
उस्तै फिप्नाका अन्य सल्लाहाकारहरुमा घ्याल्सुम्दो सेवा संस्था अमेरिका पूर्व अध्यक्ष छिरिङ राप्के लामा र लिला राई छन् । कानुनविद् रमेश कुमार श्रेष्ठलाई कानुनी सल्लाहकारको रुपमा मनोनित गरिएको छ ।