अमेरिकामा नेपाली : टेक्सास समाजमा चुनाव हारेको रिस मुलुधारको राजनीतिमा ?

Getting your Trinity Audio player ready...
|
अमेरिका । पाकिस्तानी मुलका अमेरिकन सलमान भोजानीको आइतवारको एउटा ट्वीटले अमेरिकामा रहेको नेपाली समाजमा हङ्गमा नै ल्याइदिएको छ ।
अमेरिकी मुलधारको राजनीतिका लागि तयारी गर्दै गरेका भोजानीको ट्वीटले अहिले अमेरिकामा रहेका नेपालीलाई दुई कित्तामा विभाजित भएको छ ।
भोजानी टेक्सास राज्य संसद (हाउस डिस्ट्रीक) एचडी ९२ मा डेमोक्रेटिभ पार्टीको तर्फबाट उमेदवार बान्न प्रयासरत छन् । उनले आइतवार दक्षिण एशियालीमुलका समुदाय सँग भेटघाट राखेका थिए । यसै क्रममा टेक्सासमा रहेका नेपाली सँग पनि भेट गरेको फोटो भोजानीले आइतवार ट्वीट मार्फत सार्वजनिक गरे । जसमा भनिएको छ ‘नेपाली अमेरिकी समुदायका नेताहरूसँग अद्भुत भेट भयो! म उनीहरूको समर्थन पाएकोमा सम्मानित छु, ।’
अहिले भोजनी प्रारम्भिक चरणमा नै छ । डिस्ट्रीक उमेदवार हुन उनले पहिला प्रारम्भिक निर्वाचनमा जित हात पार्नु पर्ने हुन्छ । एचडी ९२ मा डेमोक्रेटिभ पार्टीबाट तीन जना प्रारम्भिक प्रतिस्पर्धामा छन् । भोजनीको मुख्य प्रतिस्पर्धी नेपाली मुलका अमेरिकन दिनेश शर्मा हुन । शर्मा नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष हुन् ।
हालै मात्र सम्पन्न निर्वाचनमा नेपाली समाज टेक्सासको अध्यक्षमा राजेन्द्र वाग्ले विजयी भए । शर्माको समर्थन वाग्लेलाई थियो । समाजको निर्वाचनमा अध्यक्षमा हारेका कमल सापकोटा सहितको टोली भोजनीको चुनावी क्याम्पेनिङ्गमा पुगेका थिए । कमल सापकोटालाई समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने लगायतको समर्थन थियो ।
अध्यक्षमा पराजित सापकोटा, लमिछाने, एनआरएनए टेक्सार च्याप्टरका अध्यक्ष सोफिन थापा, सुजन मुल्मि, उज्वल खत्री, मोहन अधिकारी, आयशा ओझा लगायतका भोजानीले राखेको भेटघाटमा पुगे, चुनावी प्रचारको व्यानरमा फोटो खिचे ।
त्यस पछि शुरु भयो हङ्गामा
भोजानी र टेक्सासमा रहेका केही नेपाली बीचमा भएको भेट्घाट पछि सार्वजनिक फोटोमा भने विभिन्न प्रतिक्रिया आउन थाले । कृष्ण लामिछाने समेत रहेको एउटा फोटोमा गेभ ओभर नमस्ते क्याप्सन राखेको फोटो सार्वजनिक भयो । धेरैले यसलाई नेपाली समाज टेक्सासमा बेहोरेको हारको बदला लिन नेपाली मुलका उमेदवारलाई छोडेर पाकिस्तानी मुलका उमेदवारको क्याम्पियनमा पुगेको रुपमा अर्थाए ।
नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष भुवन आचार्यले ‘नेपालीलाई ढुबाएर, नेपालीकै नेता हुन खोजेका नेपाली पात्रहरु’ भन्दै फोटो सहितको स्टाटस लेखे । त्यस पछि अन्यले पनि यही दोहोर्याए ।
त्यसो त नेपालीले आफ्नो बाहेक अन्यको कुरै सुन्न नहुने होर भन्ने तर्क पनि सामाजिक सञ्जालमा देखिए ।
भित्रि कुरो
राजनैतिक दल,जातजाति, भूगोललाई थाति राख्ने हो भने पनि अमेरिमा रहेको नेपाली समुदाय सदैव दुई समुहमा विभाजित छ । नेपालीको बाक्लो बसोबास रहेको टेक्सास अछुतो रहने कुरै भएन । नेपाली समाज टेक्सासको चुनावमा हार्ने पक्षले जित्ने पक्षलाई देखाइदिने इगोले काम गरेको एनआरएए टेक्सास च्याप्टरका महासचिव डाक्टर चण्डी भण्डारीको भनाइ छ । ‘नेपाली समाजमा यस्तो व्यक्तिहरुको स्थापना हुदै छ,जहाँ मैले जित्नु पर्छ नत्र विधान नै मान्दिन भन्नेर संस्थालाई तहस नहसको कुरा शुरु भइरहेको छ ।’
हुन पनि नेपाली समाज टेक्ससको चुनावमा हारेका कमल सापकोटा पक्षका प्राय व्यक्ति भोजानीको अभियानमा देखिए । भण्डारी थप्छन,’दिनेश दाई माथि आक्रमण शुरु भएको संकेत हामीले एनएसटीको पदबहाली कार्यक्रममा पनि पाएका थियौं । बीचमा कोठे बैठक पनि भएका छन् भन्ने आएका थिए हिजो प्रमाणित भयो ।’
सामाजिक सञ्चालनमा चर्को आलोचना पछि कृष्ण लामिछानेले स्टाटस मार्फत जवाफ दिएका छन् । उनले आफुहरु कुरो सुन्न मात्र त्यहाँ गएको बताएका छन् । लामिछानेले भनेका छन्,’यदी कुरा सुन्न जानु मेरो गल्ति हो भने माफ चाहन्छु!’
‘हाम्रो मुख्य अनि साझा उद्धेश्य भनेको हाम्रै समुदाय, भाषा अनि संस्कृतीलाइ बलियो बनाउने हो, त्यसैले हाम्रै समुदायका साथीहरुलाई मुलधारको राजनीतिमा अगाडि लैजाने हामी सबैको मुख्य लक्ष्य हो, छ, र रहनेछ ।’
लामिछानेले अगाडि लेखेका छन् ‘हिजो स्थानिय उम्मेदवार सलमान भोजनीले समुदायका केहि साथीहरुलाई आउनुहोस् मेरा केहि कुरा राख्छु भने, अनि म पनि सहभागी भएं, जुनसुकै उम्मेदवारले बोलाए पनि जानुपर्ने, सुन्नुपर्ने हाम्रो दायित्व हो तर उम्मेदवारसंग बोल्दैमा कुरा सुन्दैमा उसैको सपोर्ट गरेको भन्ने अर्थ लगाउन हुन्न र फेरि मैले हाम्रो उमेदवारको बिरोध गरेको भन्ने प्रचार गरिनु दुखद कुरा हो ।’
लामिछानेको स्टाटसकै शैलिमा सोफिन थापाले पनि स्पष्टिकरण दिएका छन् ।
कमल सापकोटाले समाज टाइम्स सँगको कुराकानीमा भेटघाटलाई गलत अर्थ लगाएको बताए । ‘उमेदवारले भेटौ भने गए, विचार सुन्न गएका हौ कुरा सुन्यौ हामीले समर्थन गरेको होइन । तर साथीहरुले सामाजिक सञ्जालमा गलत अर्थ लगाए ।’
को हुन दिनेन शर्मा
धरानका दिनेश शर्मा २१ बर्ष देखि अमेरिकामा छन् । खासगरि पूर्वप्रधामन्त्री डाक्टर बाबुराम भट्टराई अमेरिका भ्रमणमा आउदा कालो झण्डा देखाए पछि शर्मा नेपाली समाजमा चर्चामा छन् । नेपाली समाज टेक्सासका निवर्तान अध्यक्ष शर्माले केही बर्ष अगाडि एनआरएनए अमेरिकाको बहसमा फ्लोरबाट स्टेजमा आक्रमण गर्ने प्रयास पछि टेक्सासमा झन चर्चित छन् ।
अब अमेरिकी संसदमा उपस्थित हुन खोज्ने शर्मा दोस्रो नेपालीमुलका अमेरिकन हुन । ह्यारि भण्डारी मेरिल्याण्ड राज्यको बाल्टिमोर ड्रिस्ट्रिक ८ बाट राज्यसभाको विधायक छन् ।
समाज टाइम्स सँगको कुराकानीमा शर्माले आइतवारको घटनाले आफ्नो चुनावी अभियानमा खासै असर नपर्ने तर मन चै दुखेको बताए ।
‘सबैको अधिकार हो, हामी फ्रि कन्ट्रीमा छौ,म भन्न त केही चाहान्न तर मन चै दुख्दो रहेछ,आफ्नै साथिहरु हुन ।’ पेशाले सफ्टवेयर आर्किटेक शर्माले अगाडि भने, ‘कुरा सुन्नु पर्छ तर मलाई चित्त नबुझेको दुई घण्टा ड्राइभ गरेको छ न त्यो आफ्नो क्षेत्रको उमेदवार हो न समुहदायको हो, अर्काको क्षेत्रमा जानुको अर्थ के राख्छ भन्ने हो ।’