मंगलवार अर्को ठूलो क्षतिबाट जोगियो न्यूयोर्क
ब्रोन्क्सको ८६९ फक्स स्ट्रीटमा मंगलवार बिहान एक घरमा ग्यास विस्फोट पछि भएको आगलागि नियन्त्रयमा लिदै अग्नि नियन्त्रकहरु । घटनामा एक जनाको निधन भएको थियो भने अन्य सात घाइते भएका थिए । दुबै छेउमा जोडिएको घरमा विस्फोट हुदाँ घर भित्र दुई जना रहेको प्रहरीको भनाई छ । विस्फोट भएको चार मिनेट भित्र नै आगो नियन्त्रणका लागि दुई सय अग्नि नियन्त्रक र अत्यावश्यक सेवाका कर्मचारी खटिएका थिए । न्यूयोर्क अग्नि नियन्त्रण विभागका कार्यवाहक प्रमुख जोन होजेन्सले समयमै प्रतिक्रिया दिएकाले थप क्षति हुन नपाएको बताएका छन् । जनवरी ९ तारिकमा मात्र ब्रोन्क्समा नै एक १९ तले भवनमा आगलागि हुँदा १९ जनाले ज्यान गुमाएका थिए ।
फोटो एफडीएनवाई ट्वीटरबाट
न्यूयोर्कमा ग्यास विस्फोट,भवन भत्किँदा एकको मृत्यु, ७ घाइते