एनआरएनएमा चुनावका लागि सहमति भएको छैन : कुल आचार्य
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रीय समन्वय परिषद् (आइसीसी)को अबरुद्द निर्वाचनका सम्वन्धमा कुनै सहमति नभएको सरोकारवाला मध्येका एक कुल आचार्यले बताएका छन् ।
विवादको गाँठो फुकाउन सात बुँदे सहमति भएको समाचार संस्थापन पक्षले सोमवार सार्वजनिक गरेको प्रति एनआरएनएमा अध्यक्षका उमेदवार कुल आचार्यले अनविज्ञता प्रकट गरे ।
समाज टाइम्स सँगको कुराकानीमा आचार्यले भने,’बाहिर आएका कुरा झुट्टा हुन,विवाद जहाँको त्यही छ कुनै सहमति भएको छैन् ।’ त्यसो त संस्थापन पक्षले सार्वजनिक गरेको समहमति पत्रमा कुल आचार्य र एनआरएनएका सल्लाहाकार विश्व आदर्श पण्डितको हस्ताक्षर छैन् ।
सहमति पत्रमा यस अगाडि कुल आचार्य पक्षमा देखिदै आएका डाक्टर यादव पण्डितको भने हस्ताक्षर छ । यादव पण्डितको हस्ताक्षरबारे कुल आचार्यले अनविज्ञता व्यक्त गरे,’यादवजीले के गर्नु भएको मलाई थाहा छैन तर हाम्रो माग नै सम्वोधन भएको छैन कसरी सहमति हुन्छ ?’
यादव पण्डित सँग समाज टाइम्सको सम्पर्कको प्रयास सफल भएन । यसै गरि अमेरिकामा नै रहेका गौरी जोशिको पनि सहमति पत्रमा हस्ताक्षर छ । जोशि र पण्डित दुबैको फोन उठेन ।
मुख्यगरि महाधिवेशन प्रतिनिधि छनौटमा विवाद रहदै आएको छ । सोही कारण नोभेम्बरमा हुनु पर्ने निर्वाचन अहिले सम्म हुन सकेको छैन ।
विवादमा सहमति खोज्न एनआरएनए अध्यक्ष कुमार पन्तले केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरीराज जोशी, प्रवक्ता डिबी क्षेत्री र नारायण थापा रहेको समिति गठन गरेका थिए ।
सोही समितिको नाममा सोमवार संस्थापन पक्षले सात बुँदे सहमति पत्र सार्वजनिक गरेको हो । सहमति पत्रमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ता भन्दै हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा एनआरएनएको निर्वाचन आगामी ८ र ९ फेब्रुवरीमा गर्ने भनिएको छ ।