तल्लोबाटो गैरकानुनी रुपमा अमेरिका प्रवेस गर्न खोज्ने चार चिनियाँ सीमामा पक्राउ
अमेरिका । टेक्सासको रियो ग्रान्डे भ्याली सेक्टर बोर्डर पेट्रोलका अधिकारीले चार जना चिनियाँलाई स्थलमार्ग हुदै अवैध रुपमा अमेरिका प्रवेस गर्न लागेको अभियोगमा पक्राउ गरेको छ ।
अमेरिकी भन्सार र सीमा सुरक्षाको बुलेटिनमा उल्लेख भए अनुसार अधिकारीहरूले शुक्रवार सम्भावित गैरकानूनी गतिविधिमा संलग्न भएको जानकारी पाएपछि अनुसन्धान शुरु गरेका थिए ।
त्यसक्रममा सीमा सुरक्षा अधिकारीले सम्भावित मानव तस्करीमा संलग्न पत्ता लगाउन सवारी साधन रोक्ने क्रममा शुरु गरेका थिए । एक चालकले सवारी साधन रोक्न अस्वीकार गरे पछि सीमा सुरक्षा अधिकारीले सो गाडिको पिछा गरेको र भाग्ने क्रममा अवैध आप्रवासी बोकेको गाडि बारमा ठोकिएको बुलेटिनमा जनाइएको छ ।
गाडि बारमा ठोकिए पछि धेरै व्यक्तिहरू भागेको पनि सीम सुरक्षा अधिकारीले जनाएका छन् । भाग्दै गरेका मध्ये सात आप्रवासीलाई पक्राउमा परेका थिए । त्यसमा चार जना चिनियाँ भएको बुलेटिनमा उल्लेख छ । मेक्सीकोबाट स्थल मार्ग हुदै अवैधरुपमा अमेरिका प्रवेस गर्न खोज्ने र पक्राउ पर्ने क्रम दैनीक जस्तै चल्दै आएको छ ।
फोटो : यूए भन्सार र सीम सुरक्षाको फेसबुकबाट